site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका नवनियुक्त मन्त्री पौडेलले लिए शपथ

पोखरा । गण्डकीमा सोमबार वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका भेषबहादुर पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन । सोमबार पर्यटन बोर्डको कार्यालयमा उनले प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथ लिएका हुन् ।

पौडेल मन्त्री बनेसँगै गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । गत भदौ १७ गते नेकपा (एमाले) चार मन्त्रालय लिएर गण्डकी सरकारमा सामेल भएको थियो । सोही दिन नै मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको तयारी थियो ।

Sapth-1729513324.jpg
सरकारमा एमालेलाई भित्र्याउँदा भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री थिए, दीपक मनाङे (राजीव गुरुङ) । तर, उक्त मन्त्रालय एमालेले लिएपछि मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

त्यसमा असन्तुष्टि जनाउँदै मनाङेले सोही दिन राजीनामा दिए । मनाङेको राजीनामासँगै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री आफैँले सम्हालेका थिए ।

कांग्रेस महामन्त्री गगन थापा निकट मानिने पौडेल लमजुङ (ख) बाट निर्वाचित सांसद हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro