site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाविरुद्धको ट्वान्टी–२० शृंखलामा नेपालको ‘क्लिनस्वीप’

काठमाडौं । अमेरिकाविरुद्धको ट्वान्टी–२० शृंखलामा नेपालले ‘क्लिनस्वीप’ गरेको छ । तीन खेलको शृंखलाअन्तर्गत सोमबार भएको अन्तिम खेलमा घरेलु टिमलाई आठ विकेटले हराउँदै नेपालले शृंखला ३–० ले जितेको हो ।

खेलमा अमेरिकाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ सेखले ५० रन बनाए । उनले ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कुशल मल्लले ३० बलमा चार चौका र एक छक्कासहित ४४ रन थपे । कुशल भुर्तेलले ४० रन जोड्दा अर्का ओपनर अनिल साहले १३ रन बनाए ।

अमेरिकाका जुनोय ड्राइसडेल र जसदीप सिंहले समान एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो ।

अमेरिकाका ओपनर साइतेजा मुक्कमल्लले ६८ रन बनाएका थिए । मिलिन्ड कुमारले ४३ रन थप्दा आरोन जोनसले १३ र हर्मीत सिंहले १० रन बनाए । 

नेपालका सोमपाल कामीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिए । यस्तै, रिजन ढकाल र ललित राजवंशीले समान एक विकेट लिए ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिमलाई १७ रन र दोस्रो खेलमा सुपरओभरमा हराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro