site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नर्भिकमा ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार

काठमाडौं । नर्भिक अस्पतालमा पहिलोपटक ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार गरिएको छ । अस्पतालका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दीप तिम्सिनामा बड चियारी सिन्ड्रोमको सफल उपचार गरेको हो ।
 
तिम्सिनालाई एक वर्षअघि पोर्चुगलमा काम गरिरहेका बेला उक्त रोग पहिचान भएको थियो । यसअघि, भारतको नारायण अस्पताल पुगेका पौडेललाई तत्काल कलेजो प्रत्यारोपणको सल्लाह दिइएको थियो ।
 
नेपाल फर्केपछि नर्भिक अस्पताल परीक्षण गर्दा उनको कलेजो प्रत्यारोपणको साटो टिप्स/डिप्स (ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टाेसिस्टमेटिक शन्ट) मार्फत् सजिलै उपचार गर्न सकिने देखिएको थियो ।
 
उपचारपछि तिम्सिना शनिबार डिस्चार्ज भइसकेका छन् । नर्भिकले यसलाई नेपालकै पहिलो ‘बड चियारी सिन्ड्रोम’को सफल उपचारको भएको दाबी गरेको छ । यो उपचारले नेपालमै जटिल कलेजो रोगहरूको उपचार सम्भव भएको अस्पतालको भनाइ छ ।  

के हो बड चियारी सिन्ड्रोम ?
बड चियारी सिन्ड्रोम कलेजोमा रगत प्रवाह गर्ने नसाहरूमा अवरोध हुँदा कलेजो सुन्निने समस्या हो । यसले पेटमा पानी जम्ने (असाइटिस) र अन्य जटिल समस्या उत्पन्न गर्छ । धेरैजसो अवस्थामा समयमा उपचार नगरे कलेजो प्रत्यारोपण अन्तिम विकल्प हुन्छ ।
 
कसरी गरिन्छ उपचार ? 
टिप्स अथात् ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टाेसिस्टमेटिक शन्ट एक विशेष प्रक्रिया हो, जसले कलेजोको रगत प्रवाहलाई सामान्य बनाउन नसाका बीचमा सानो पाइप राखिन्छ ।

यसले रगत प्रवाह सहज बनाउँदै कलेजो सुन्निने र पेटमा पानी जम्ने समस्या हुन दिँदैन, जसका कारण कलेजो प्रत्यारोपण आवश्यक हुँदैन । त्यही विधीको प्रयोग गरी नर्भिकले बड चियारी सिन्ड्रोमको सफल उपचार गरेको हो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro