site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बिटक्वैनमा संलग्न कम्पनी न्युर्योक स्टक एक्सचेन्जमा दर्ता हुँदै

काठमाडौं । अमेरिकी धितोपत्र नियामकले बिटक्वैनको मूल्य ट्रयाक गर्ने ११ एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ)लाई न्युर्योक स्टक एक्सचेन्जमा दर्ता हुन र अप्सन ट्रेड गर्न अनुमति दिएको छ । 

धितोपत्र तथा विनिमय आयोग (एसईस)ले गत जनवरीमा बिटक्वैन ईटीएफहरूलाई बिटक्वैन ट्रयाक गर्न अनुमति दिएको थियो । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी र क्रिप्टो उद्योगका लागि उक्त कदमलाई निकै महत्वपूर्ण ठानिएको थियो ।

Dabur Nepal
NIC Asia

फिडालिटी वाइज ओरिजिन बिटक्वैन फन्ड, ग्रेस्केल बिटक्वैन ट्रस्ट बीटीसी र आईसेयर्स बिटक्वैन ट्रस्ट ईटीएफलगायतले गएको शुक्रबार अनुमति पाएको बताइएको छ ।

यससँगै लगानीकर्ता तथा ट्रेडरहरूले अप्रत्यक्ष रूपमा विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको कारोबार गर्न पाउने भएका छन् । बिटक्वैन ईटीएफले बिटक्वैनको मूल्य ट्रयाक गर्छन् र सोही आधारमा ती ईटीएफको सेयर किनबेच गर्न सकिन्छ ।  

अप्सन ट्रेड भएका कारण ईटीएफको सेयर किन्नेले बिटक्वैनको मूल्य बढेसँगै नाफा कमाउँछन् भने बेच्नेले मूल्य घटेसँगै नाफा कमाउँछन् ।

यससँगै अमेरिकामा अप्रत्यक्ष रुपमा क्रिप्टोकरेन्सीको कारोबार धितोपत्र नियामकसँग जोडिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro