site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट

काठमाडौं । द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा शतप्रतिशत अंक प्राप्त गर्दै विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका छन् । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको बीपीसीका विद्यार्थी शर्माले गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स)अन्तर्गत फाइनान्सियल रिपोर्टिङको परीक्षामा पूर्णाङ्क प्राप्त गरेका हुन् ।

बीपीसी/एसीसीएका विद्यार्थीहरूले विगतदेखि निरन्तर रूपमा विश्वमै सर्वोत्कृष्ट अंक प्राप्त गर्दै आएका छन् । अघिल्ला रेकर्डहरूलाई तोड्दै यसपटक शर्माले सर्वोत्कृष्ट अंक प्राप्त गरेका हुन् । यससँगै उनी नेपालबाट पहिलोपटक शतप्रतिशत अंक ल्याउने विद्यार्थी पनि बनेका छन् ।

यसअघि बीपीसीमा अध्ययनरत विद्यार्थीहरू दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परीक्षामा क्रमशः ९८ प्रतिशत ल्याउँदै विश्वकै दोस्रो र ९७ प्रतिशत अंक ल्याउँदै विश्वकै तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक विजनेस रिर्पोटिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । रिया मानन्धर र रजिका महर्जन पनि दुईपटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए ।

“विश्वभरीका लाखौँ विद्यार्थीहरूले दिएको फाइनान्सियल रिर्पोटिङको परीक्षामा शतप्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बन्नु एउटा असाधारण उपलब्धि हो । यस विशिष्ट नतिजाले ब्रिटिस कलेजको अध्यापन शैली अन्तर्राष्ट्रियस्तरको रहेको प्रमाणित भएको छ,” शर्माको असाधारण उपलब्धिमा बधाई ज्ञापन गर्दै कलेजका एसीसीए सिनियर कार्यक्रम म्यानेजर दीपेन्द्र श्रेष्ठले भने ।

निरन्तर विश्वस्तरिय नतिजा ल्याइरहेको कलेजले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्राप्त गरेको छ । प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरूलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro