site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय सरकारी अधिकारीमाथि अमेरिकी नागरिकको हत्याको षड्यन्त्र गरेको आरोप 

काठमाडौं । अमेरिकी न्याय विभागले एक भारतीय सरकारी कर्मचारीमाथि अमेरिकी नागरिकको हत्याको षड्यन्त्र गरेको आरोप लगाएको छ ।

अमेरिकाको न्युयोर्क सहरमा एक अमेरिकी नागरिकको हत्याको षडयन्त्रसँग ती भारतीय सरकारी अधिकारी जोडिएको विभागले जनाएको छ । 

क्यानडाले एक क्यानेडियन नागरिकको हत्यामा भारतीय सरकारी अधिकारी संलग्न रहेको आरोप लगाइरहेका बेला अमेरिकाको न्याय विभागले पनि यस्तो आरोप लगाएको हो । 

अमेरिकी न्याय विभागले ३९ वर्षीय भारतीय सरकारी कर्मचारी विकास यादवमाथि ‘भाडामा हत्याको षड्यन्त्र’ र ‘मनी लान्ड्रिङ’को आरोप लगाएको हो ।

अमेरिकी न्याय विभागले एक विज्ञप्तिमा विकास यादवलाई अमानतको नामले पनि चिनिने जनाएको छ ।

विकास यादवसँगको हत्या षड्यन्त्रमा संलग्न रहेको आरोप लागेका अर्का ५३ वर्षीय निखिल गुप्तालाई यसअघि नै अमेरिका सुपुर्दगी गरिएको विभागले जनाएको छ । अमेरिकाले विकास यादव फरार रहेको बताएको छ ।

“अमेरिकी न्याय विभागले यस मामिलामा संलग्न जो कोहीलाई पनि जवाफदेही बनाउन सक्दो प्रयास गर्नेछ । गत वर्ष हामीले भारतीय कर्मचारी विकास यादव र उनका सहयोगी निखिल गुप्ताले अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्रलाई असफल पार्यौँ,” अमेरिकी महान्यायाधिवक्ता मेरिक बी गारल्याण्डले भनेका छन् । 

अमेरिकी संघीय अनुसन्धान एजेन्सी एफबीआईले भनेको छ, “भारतीय सरकारी कर्मचारीले आफ्नो साथीसँग मिलेर अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र रचेका थिए । कुनै पनि अमेरिकी नागरिकविरुद्ध हुने हिंसाको प्रयासलाई एफबीआईले कहिल्यै सहने छैन ।” 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro