site stats
बाह्रखरी :: Baahrakhari
देश
स्रोत नखुलेको रकमसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

जलेश्वर (महोत्तरी) । जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको आठ लाख पाँच हजार पाँच सय नगदसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले बताए ।

Argakhachi Cement Island Ad

बीआर ३० एएफ ३८७६ भारतीय नम्बरको मोटरसाइकलमा चढेर मनरासिश्वा नगरपालिका–२ स्थित भोल्ही चोक जाँदै गरेका साहलाई प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा उनले लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको उक्त नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

साहले शरीरका विभिन्न भागमा लुकाएर बोकेको  अवस्थामा स्रोत नखुलेको एक हजार दरका नोट आठ सय एक थान र रु पाँच सयका नोट नौ थान बरामद गरेको हो ।

पक्राउ परेका साह र उनी सवार मोटरसाइकलसहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्