site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बाढीपहिरोका कारण बिमा दाबी वाग्मतीमा सबैभन्दा बढी, अरू कुन प्रदेशमा कति ?

काठमाडौं । बिमा कम्पनीहरूमा केही दिनअघिको बाढीपहिरोका कारण क्षति भएको सम्पत्तिको तीन अर्ब ९८ करोड ७९ लाख रुपैयाँ दाबी परेको छ । बिमा गरिएका कृषि, गाडी तथा अन्य सम्पत्तिहरूमा क्षति पुगेको भन्दै दाबी परेको हो ।

तर, प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचनाबमोजिम सात अर्ब ४० करोड ७१ लाख रुपैयाँभन्दा बढी दाबी पर्ने अनुमान गरिएको छ । यही असोज २२ गतेसम्म लघु बिमा कम्पनीसहित १८ बिमा कम्पनीमा दाबी परेको छ ।

Dabur Nepal
NIC Asia

यी बिमा कम्पनीहरूले ७८ लाख ६८ हजार रुपैयाँ दाबी भुक्तानी गरिसकेको नेपाल बिमा प्राधिकरणले जानकारी दिएको छ ।

प्रादेशिक हिसाबमा सबैभन्दा बढी दाबी वाग्मती प्रदेशमा परेको छ । यस प्रदेशमा तीन अर्ब ६३ करोड ६३ लाख ४७ हजार रुपैयाँ दाबी परेको छ । तर, यस प्रदेशमा ६ अर्ब ९६ करोड ८६ लाख ७२ हजार रुपैयाँ दाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्लागत हेर्दा पनि सबैभन्दा बढी ललितपुरबाट एक अर्ब ३३ करोड ४७ लाख रुपैयाँ दाबी परेको छ । यस जिल्लाबाट कुल एक अर्ब ८३ करोड ३९ लाख रुपैयाँ दाबी पर्ने प्रक्षेपण गरिएको छ ।

तर, जिल्लागतरूपमा सबैभन्दा बढी दाबी काठमाडौंबाट पर्ने प्रक्षेपण गरिएको छ । यस जिल्लाबाट कुल दुई अर्ब ८९ करोड ८२ लाख रुपैयाँ दाबी पर्ने प्रक्षेपण गरिएको छ ।

प्रादेशिकरूपमा सबैभन्दा कम कर्णाली प्रदेशबाट दाबी पर्ने प्रक्षेपण गरिएको छ । यस जिल्लाबाट हालसम्म दुई लाख ५० हजारको दाबी परेको छ ।

beema-kkk-1728994292.PNG
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro