site stats
बाह्रखरी :: Baahrakhari
देश
ठगीधन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ
प्रतीकात्मक तस्बिर ।

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुखका घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाई हिँड्ने सुनीलकुमार बैठालाई प्रहरीले लागुऔषधसहितपक्राउ गरेको छ । 

प्रहरी उपरीक्षक (एसपी)का घुमुवा हुँ भन्दै  स्थानीय व्यापारीबाट पैसा असुल गरिरहेको भन्ने सूचनाका आधारमा रौतहटकै परोहा नगरपालिका–२, लालबकैयाका ३५ वर्षीय बैठालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

सादा पोसाकको घुमुवा प्रहरीका रूपमा रौतहटमा ठगीधन्धामा संलग्न बैठाका साथबाट २२ पोका गाँजा, नाइट्रोभेट ट्याब्लेट १० चक्की, कोकस डीएक्स एक  बोतल, मोबाइल एकथान, नगद १७ हजार ९०० रुपैयाँ र प्रदेश २–०३–०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

आपराधिक गतिविधिमा संलग्न बैठालाई इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्