site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘१२ गाउँ’को शो बढ्दै, कति गर्‍यो चार दिनमा ग्रसकलेक्सन ?

काठमाडौं । चलचित्र ‘१२ गाउँ’ रिलिजदेखि नै हाउसफूल छ । फूलपातीका दिन रिलिज भएको चलचित्र आज पाँचौं दिनमा पनि हाउसफूल रहेको निर्माणपक्षले बताएको छ । 

चलचित्रले हाउसफूल अकुपेन्सीमा दर्शक पाए पनि ग्रसकलेक्सन रिपोर्ट भने सार्वजनिक गरेको छैन । निर्माता र वितरक नै कलेक्सन रिपोर्ट सार्वजनिक नगरी बसेका छन् । 

पाँचौं दिनमा सिनेमा चल्दा सामान्यतया चार दिनको ग्रसकलेक्सनको रिपोर्ट आउने भए पनि निर्माता र वितरक दुवैले सार्वजनिक नगरेका हुन् । 

“भोलिसम्ममा हामी ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गर्छौं । पत्रकार सम्मेलन गरेर नै कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने हाम्रो तयारी छ,” १२ गाउँका वितरक गोविन्द शाहीले बाह्रखरीसँग भने । 

उनले प्रत्येक शो हाउसफूल भएको बताए । हाउसफूल भएपछि शो थपिनेक्रम जारी रहेको उनले बताए । 

“कतिपय हलमा शो थपिएर अहिले १२ गाउँ र छक्का पञ्जाको शो बराबरी छ । सिंगल थिएटरमा त १२ गाउँ सुरुदेखिन नै छक्का पञ्जाभन्दा राम्रो छ,” वितरक शाहीले दाबी गरे । 

बिराज भट्टको लेखन तथा निर्देशन रहेको ‘१२ गाउँ’मा समीर भट्टले डेब्यु गरेका छन् । समीर बिराजका छोरा हुन् । समीरसँगै बिराज मुख्य भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro