site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चार दिनमा ‘छक्का पञ्जा–५’ले गर्‍यो साढे ६ कराेड ग्रसकलेक्सन

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को आक्रामक ग्रसकलेक्सन जारी छ । पाँचौं दिनसम्म आइपुग्दा पनि सिनेमा हाउसफूल छ । 

“आज पनि चलचित्र हाउसफूल छ,” ‘छक्का पञ्जा’का कलाकार तथा निर्मातासमेत रहेका दीपकराज गिरीले भने । 

Dabur Nepal
NIC Asia

‘छक्का पञ्जा–५’को चार दिनको ग्रसकलेक्सन रिपोर्ट आइसकेको छ । “चार दिनमा ६ करोड ५० लाख ग्रसकलेक्सन गरेको छ,” दीपकले बाह्रखरीसँग भने, “अहिले पनि अधिकांश हलमा सिनेमा हाउसफूल छ ।”

‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । चलचित्रमा दीपकसँगै केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

चलचित्रमा प्रकाश घिमिरे, आर्यन सिक्देल, निर्मल शर्माको लगायतको पनि अभिनय छ ।

‘छक्का पञ्जा–५’ले पहिलो दिनमै २ करोडभन्दा माथि कमाइ गर्दै ‘छक्का पञ्जा’ सिरिजकै सबैभन्दा ठूलो ओपनिङ गरेको थियो ।  

चलचित्रले हास्यव्यंग्यका साथै भ्रष्टाचार र सरकारी सेवामा हुने अनियमिततामाथि व्यंग्य गरेको छ । ‘छक्कापञ्जा ५’लाई श्री व्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मसले वितरण गरेको छ। 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro