site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव
फाइल तस्बिर ।

काठमाडौं । देशमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ । मनसुनी वायु शनिबार (हिजो)देखि नेपालबाट बाहिरिइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य छ । “कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाव परेको छ । साथै, स्थानीय वायुको पनि अंशिक प्रभाव रहेको छ,” आइतबार बिहान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

बिहानीपख कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै, राति लुम्बिनीसहित कोसी, वाग्मती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro