site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सडकमा चहलपहल बढ्यो

काठमाडौं । नेपालीको महान् चाड विजयादशमी मनाउन आफन्तकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । दसैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा लगाउन जाने क्रम सुरु भएको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा शुभसाइतको टीका घरमा लगाइसकेपछि आफन्तकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारण सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अरू फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानेर लगाउने गरिन्छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro