site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दशहरा मेलामा रावण बध गरिँदै

बाँके । नेपालगन्जको रामलीला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु रामलीला महोत्सवको शनिबार १०औँ दिन विशेष रावण बध गर्न लागिएको छ ।

रामलीला नाटक प्रदर्शनीमा आज ५५ फिटको रावणको पुतला दहन गरिँदै छ । यो वर्ष आयोजना गरिएको १५७औँ रामलीला महामहोत्सवमा शनिबार कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताए ।

साँझ रावणको बधपछि राति १० बजेदेखि रातभरि रामलीला मञ्चन गरिनेछ । समितिका अध्यक्ष कानोडियाका अनुसार, भारतको मधुरा बृन्द्रावनको राधारमण मण्डलबाट २५ कलाकारको समूहले विभिन्न सजावटका साथ रामलीला मञ्चन गर्नेछ । आइतबार (भोलि) भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलीला सकाइनेछ ।

रामलीला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सर्वसाधारण आउने गर्छन् । दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न स्टल समेत राखिएको छ । महोत्सव आसपासका सडकहरू झिलिमिली पारिएको छ भने शान्तिसुरक्षा सुदृढ बनाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

वर्षौँदेखि आयोजित रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, पर्शुराम, बाणासुर लीला, सीता स्वयंवर, राम वनवास, दशरथ मरण, सीताहरण, लंकादहन र लक्ष्मण शक्ति बाणलगायत लीला प्रदर्शन गरिसकिएको समितिका सदस्य भरतकिशोर वैश्यले बताए । रासस

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro