site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बोइङले १० प्रतिशत कर्मचारी कटौती गर्ने

सान फ्रान्सिस्को । बोइङले आउँदो केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई हटाउने शुक्रबार जनाएको छ । एक महिना लामो हड्तालका कारण बोइङको उत्पादनमा कटौती हुने कम्पनीले जनाएको छ ।

बोइङका अनुसार, रोजगारी कटौतीले कम्पनीका सबै तहका करिब १७ हजार कामदारलाई असर पार्नेछ । कम्पनीले २९ जेटका निम्ति हालको माग पूरा गरेपछि सन् २०२७ मा ७६७ मोडेलको (वाइडबडी मालवाहक) विमानको उत्पादन बन्द गर्नेछ ।

कम्पनीले आफ्नो नयाँ ७७७ एक्सको उत्पादनलाई बजारमा ल्याउने प्रक्रियालाई सन् २०२६ सम्म सार्ने जनाएको छ ।

प्रमाणीकरणको वर्षौँको ढिलाइ र हालैको एक त्रुटिपूर्ण भागको खोजपछि बोइङको नयाँ ७७७ मोडेलले याृ वर्षको सुरुमा परीक्षण उडान रोकेको थियो ।

बोइङका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गले कर्मचारीलाई पठाएको पत्रमा कम्पनीले ‘हाम्रो वित्तीय वास्तविकतासँग मेल खाने गरी कार्यबलको स्तर पुनः तय गर्नुपरेको’ बताएका छन् ।

उनले भनेका छन्, “हामीले सामना गरिरहेको कामको बारेमा स्पष्ट र यथार्थवादी हुन आवश्यक छ । यसले पुनरुत्थानको मार्गमा महत्त्वपूर्ण सफलता मिल्नेछ । हाम्रा स्रोतहरू प्रदर्शन गर्न र नवप्रवर्तनमा ध्यानकेन्द्रित गर्न आवश्यक छ ।” रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro