site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसमविद्लाई प्रश्न– दसैँ टीकाको दिन कस्तो हुनेछ मौसम ?
फाइल तस्बिर ।

काठमाडौं । यो वर्ष विजयादशमीको दिन शनिबार (भोलि) ठूलो वर्षाको सम्भावना छैन । बडादसैँको टीकाको दिन देशका धेरै स्थानमा मौसम सफाजस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही पहाडी स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । तर, त्यो आत्तिनुपर्ने खालको नहुने उनले स्पष्ट पारे ।

“कोसी प्रदेशका थोरै र वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “ठूलो वर्षाको सम्भावना छैन ।”

यीबाहेक अरू भूभागमा वर्षाको खासै सम्भावना नरहेको उनले बताए । यी प्रदेशका पनि पहाडी भूभागमा अलिअलि वर्षाको सम्भावना देखिएको उनले जानकारी दिए । विशेषतः मनसुनी वायुकै प्रभावले वर्षा हुन सक्ने उनले बताए ।

“अपराह्नको समयमा क्षणिक वर्षाको सम्भावना हो । त्यस्तो ठूलो होइन,” उनले भने, “भइहाले पनि धेरै ठाउँ र लामो समय हुँदैन । हल्का, छिटपुट हुने हो ।” 

उनका अनुसार, हाल देशमा पश्चिम वायुको प्रभाव बढ्दै गएको छ । मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको छ ।

कोसीसहित मधेस प्रदेशको अधिकांश र वाग्मतीको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव छ । देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

शनिबार (भोलि) काठमाडौं उपत्यकामा पनि खासै वर्षाको सम्भावना नरहेको उनले बताए । “बदली अलिअलि छ । खासै वर्षाको सम्भावना छैन,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro