site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास

काठमाडौं । नेकपा (एमाले)ले कीर्तिपुरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वैदिक विधिअनुसार उक्त कार्यालय भवनको शिलान्यास गरेका हुन् । 

कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत एमाले नेता÷कार्यकर्ताको उपस्थिति रहेको छ । 

एमालेले पार्टी सदस्यहरूको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने तयारी गरेको छ । सो जमिन एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका प्रमुख मीनबहादुर गुरुङले उपलब्ध गराएका हुन् । 

२०७२ सालको भूकम्पपछि काठमाडौं महानगरपालिका–१४ मदननगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको थियो । त्यसयताका नौ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको छ । 

हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउने काम सुरु गरिएको एमालेले जनाएको छ । –न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro