site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकै परिवारका पाँचजनाको सामूहिक हत्या भएको त्योे अष्टमीको रात
SkywellSkywell

काठमाडौं । २०६० असोज १६ गते राति १२ बजेर १५ मिनेट । दसैँको रमझम थियो । २० वर्षअघि चाडबाडको रौनक अहिलेको भन्दा अझ छुट्टै र विशेष हुन्थ्यो । 

त्यसमा दसैँको रमझम कम हुने त कुरै थिएन । सरकारी बिदा नै करिब दुई हप्ता लामो हुन्थ्यो । त्यही रमझममा झुमेको थियो, ललितपुर बडिखेल खेलगाउँमा भानू नगरकोटीको परिवार ।

३६ वर्षीय भानूसहित उनकै श्रीमती ३० वर्षीया धन कुमारी नगरकोटी, १३ वर्षीय छोरा रवीन्द्र नगरकोटी, १० वर्षीय छोरी लुरी र वर्ष ८ की टुकुलीले अष्टमीको राति नेवारी परम्परा अनुसार कुची भोज खाए ।

KFC Island Ad
NIC Asia

कुची भोज खाएर राति रमाइलो गरी सुतेका भानूको पाँचजनाको परिवारले दसैँ मनाउन भने पाएनन् । उनीहरू पाँचजनाकै परिवारको राति सामूहिक हत्या भयो । भानूको परिवारकै हत्यापछि दसैँमा रमाउनुपर्ने खेलगाउँ नै शोकमा डुब्यो ।

उनीहरू पाँचजनाकै विभत्स तरिकाले सुतिराखेकै ठाउँमा हत्या गरिएको थियो । प्रहरीलाई अनुसन्धान गर्न नै कठिन थियो ।

१२ वर्षपछि हत्यारा पक्राउ
अष्टमीको राति पाँचजनाको हत्या भएको कहालिलाग्दो घटनाको अनुसन्धान गर्न प्रहरीले १२ वर्ष गुजार्यो । भानूको परिवारको हत्यामा संलग्न बडिखेलकै चन्द्रबहादुर पहारीलाई प्रहरीले भक्तपुर चाँगुनारायणबाट २०७२ भदौमा पक्राउ गरेको थियो । तत्कालीन अपराध महाशाखा हाल उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पहारीलाई पक्राउ गरेको थियो । ६० वर्षको उमेरमा पक्राउ परेका पहरी खेती गर्थे । र, राँगाभैसी काट्ने काम गर्थे । भानुको परिवारको हत्यापछि बडिखेल छाडेर भक्तपुर बसाईं सरेका थिए । नाताले चन्द्रबहादुरका ज्वाइँ पर्थे भानू ।

किन गरेका थिए सामूहिक हत्या ?
चन्द्रबहादुर र भानू जेठान र ज्वाइँ भए पनि पारिवारिक सम्बन्ध राम्रो थिएन । भानूको परिवारको हत्या हुनु एक साता अघिमात्रै चन्द्र बहादुरकी श्रीमती सूर्यकुमारी पहरी र भानुकी श्रीमती धनकुमारी नगरकोटीबीच समेत झगडा भएको थियो । सूर्यकुमारीका कारण आफ्नो श्रीमान भानू बिग्रिएको आरोप धनकुमारीको थियो ।

भानू र सूर्यकुमारी पहरीसँगै बसी मदिरा समेत पिउँथे । त्यो कुरा चन्द्रबहादुरलाई राम्रो लागेको थिएन । त्यही रिसले भानूको परिवार नै अष्टमीको दिन पारेर सामूहिक हत्या गरेका हुन् ।

हत्या गर्नुअघि चन्द्रबहादुर पहरीको आमाको घरमा रांगा काटी मासु भाग लगाए बाँडेका थिए । त्यही मासु भानूका परिवारले समेत लिएका थिए । त्यो राति चन्द्रबहादुरले मदिरा पिए ।

मदिराले लठ्ठिएका उनी घरमा कसैलाई पनि थाहा नदिइ भानूको घर छिरेका थिए । खाली खुुट्टा सर्ट र हाफ पाइन्ट लगाए चन्द्रबहादुरले प्लाष्टिकको झोलामा भने अर्को एका जोर सर्ट पाइन्ट समेत बोकेका थिए ।

मूलढोका बन्द गरेका भानुको ट्वाइलेटको छानामाथि चढी घरको भर्याङमा उक्लिएर चन्द्रबहादुर भानुको घरभित्र छिर्न सफल भएका थिए ।

प्रहरीको अनुसन्धानका क्रममा भानू नगरकोटीकै भर्याङमा राखिएको मासु काट्न प्रयोग गरिने दाउ फेला पारी सुरुमा भानुको कोठामा प्रवेश गरी भानु र उनकै श्रीमती रहेको आशंकामा दाउ प्रहार गर्दा झ्यालको सिसामार्फत भानू र उनकी श्रीमती नभई भान्जा रवीन्द्र नगरकोटी र भान्जी लुरी रहेको देखे ।

भान्जा–भान्जीको हत्या भएपछि फेरि भानू र उनकी श्रीमती खोज्दै अर्को तलामा  झरेका चन्द्रबहादुरले अर्को कोठामा हेर्दा बत्ती बलिरहेको र खाटमा धनकुमारी, भानू र भान्जी टुकुली सुतेको देखे । उनीहरूलाई पनि पालैपालो दाउले अन्दाधुन्दा प्रहार गरेर हत्या गरेका थिए । 

हत्या गर्दा लगाएको लुगा नजिकैको खोलामा फालेर अर्का लुगा लगाएर राति २ बजे घर फर्किएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro