site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकप छनोटमा कोलम्बियाको पहिलो हार 

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटमा कोलम्बियाले पहिलो हार व्यहोरेको छ । 

कोलम्बियाले शुक्रबार बिहान १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको घरेलु टिम बोलिभियासँग १–० को हार व्यहोरेको हो ।

शुक्रबार बोलिभियास्थित म्युनिसिपल रंगशालामा सम्पन्न खेलमा बोलिभियालाई जित दिलाउन मिगेल टेर्सेरोसले निर्णायक गोल गरे । उनले ५८औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । उनले कोलम्बियाका दुई खेलाडीलाई ‘बिट’ गर्दै उत्कृष्ट गोल गरेका थिए ।

त्यसअघि खेलको पहिलो हाफमै बोलिभिया १० खेलाडीमा सीमित बनेको थियो । २०औँ मिनेटमा हेक्टर क्वेयरले सोझै रातो कार्डको दर्शन गरेपछि बोलिभिया १० खेलाडीमा समेटिएको हो ।

जितसँगै नौ खेलबाट १२ अंक जोडेको बोलिभिया तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट १६ अंक जोडेको कोलम्बिया भने दोस्रो स्थानमा छ । यो हारसँगै कोलम्बियाले छनोटको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । तालिकाको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले नौ खेलबाट १९ अंक जोडेको छ ।

अर्जेन्टिनाले शुक्रबार भएको खेलमा भेनेजुयलासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro