site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दसैँमा टाटा मोटर्सको ७५१ गाडी डेलिभरी

काठमाडौं । यो दसैँमा टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आइस गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएका छन् ।

यो वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुआत टाटा पन्च ईभीका दसैँमा ३७७ युनिट डेलिभरी भएको छ । सुरुआती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक टाटा पन्च ईभीमा कम्पनीले सोचेभन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए ।

सिजापतिका अनुसार, सुरुआती भेरियन्टमा पनि ग्राहकले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च ईभीले राम्रो बजार लिइरहेको छ ।

टाटाको पन्च ईभीको साथ गत वर्षको नाडा अटो शोमा नै लन्च गरिएको टियागो ईभी बजेट सेग्मेन्टको सर्वाधिक बिक्री भएको मोडल हो । यो दसैँमा पनि टियागो ईभीका १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।  साथै, टाटाको टिगोर ईभीका १० र आइस गाडीका ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।

यो दसैँमा एक्प्रेस–टीको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टीका १५६ डेलिभरी भएसँगै सिप्रदीले यो दसैँमा ७५१ टाटा कार डेलिभर गरेको छ ।

सिप्रदीले टाटा मोटर्सका निम्ति दसैँभर सिप्रदीको फास्ट डीसी चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको घोषणा गरेको छ । साथै, टाटा मोटर्सले आफ्ना देशभरिका सर्भिस सेन्टरबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro