site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिप्रदीयन सहायता संस्थाबाट बाढीपीडितलाई राहत वितरण

काठमाडौं । सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ का बाढी प्रभावित परिवारलाई आधारभूत आवश्यकताका सामग्री राहतस्वरूप वितरण गरिएको छ ।

सिप्रदीयन सहायता संस्थाको सहअध्यक्ष निलिमा राणा, वरिष्ठ उपाध्यक्ष शम्भु दाहाल, महासचिव राजेशप्रसाद गिरी, सहसचिव शारदा राना, सिप्रदी अटो पाट्र्सका सिनियर जनरल मेनेजर युवराज बुढाथोकी उपस्थित भई २०० घरपरिवारलाई राहत वितरण गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डसना, सिरानी, झुल, तन्ना, प्रेसरकुकर, कराइ, जग, बाल्टिन वितरण गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य र वडाध्यक्ष जयराम केसीको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्