site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाडबाडमा कस्ता बिरामीले के खाने ?

काठमाडौं । दसैँका बेला सजिलोका निम्ति एकैपटक मासु ल्याएर फ्रिजमा राख्ने र त्यसैलाई झिकेर पकाउने गरिन्छ । अथवा, भुटेर, तारेर, पक्कु–कबाब बनाएर फ्रिजमा राखेर खाने चलन छ ।

तर, फ्रिजमा चिसो बनाएर राखेको खानेकुरालाई बारम्बार बाहिर निकाल्दै, राख्दै गर्नु ठिक नहुने विज्ञ बताउँछन् । यसो गर्दा एक त मासुको पोषकतत्त्व घट्ने हुन्छ भने अर्कोतिर स्वास्थ्यमा समस्या निम्तन सक्ने नर्भिक इन्टरनेसनल अस्पतालका डाइटिसियन डा. प्रनिति सिंह बताउँछिन् ।

उनका अनुसार, मासुमा हुने भिटामिन बी १२, जिंक, फोलिक एसिड, आइरनलगायत पोषकतत्त्व सन्तुलित रूपमा खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ । तर, रातो मासुले मिर्गाैला, बाथ, उच्च रक्तचाप, युरिक एसिड, उच्च कोलेस्टेरोल भएका बिरामीलाई नराम्रो असर गर्न सक्छ ।

त्यसैले यस्ता बिरामीले सकेसम्म रातो मासु खानै हुँदैन । खानै परे थोरै मात्रामा कुखुराको मासु खान सकिन्छ । रातो मासु र चिल्लो दुवै रक्तचापका बिरामीका लागि हानिकारक हुन् ।

स्वस्थ व्यक्तिले पनि मासु खाँदा तरकारी बढी, सलादका रूपमा काँक्रो, गाँजर, मुला खाने गर्नुपर्छ । चाडबाडका बेला शारीरिक व्यायामलाई पनि ध्यान दिनुपर्छ ।

यस्तै, चाडबाडका बेला पेटमा बढी समस्या निम्तन्छ । चिल्लो बढी र अनियन्त्रित खानपानले ग्यास्ट्रिक बढ्ने, अपच, झाडापखाला तथा कब्जियत हुने, कोलेस्टेरोल बढ्ने र कलेजोमा बोसो जम्नेजस्ता समस्या उत्पन्न हुन्छ ।

चाडबाडका बेला सुगर, कोलेस्टेरोल, रक्तचाप, युरिक एसिडका समस्या लिएर अस्पतालमा पुग्ने बिरामीको संख्या धेरै हुन्छ । यसैले अस्पताल पुग्ने अवस्था निम्तनुभन्दा पहिल्यै सचेतता अपनाउनुपर्छ ।

चाडबाडका बेला मदिरा, बोसोयुक्त मासु र चिल्लो खाना बढी खानाले कलेजोको समस्या पनि निम्तन सक्छ । किनकि, यी सबै खानालाई पचाउने काम कलेजोको हो ।

एकैपटक धेरै खाँदा कलेजोले जोडतोडका साथ काम गर्नुपर्ने भएकाले बोसो जम्मा हुँदै जान्छ । बोसो रक्तनली र मुटुसम्म जम्मा हुनसक्छ – जसको परिणाम कलेजो ‘फेल’सम्म हुनसक्छ ।

राम्रो प्रोटिनको स्रोत भएकाले लिभर सिरोसिस भएका बिरामीलाई रातो मासु खाने सल्लाह दिइन्छ । तर, कलेजोको रोग कुन चरणमा छ – त्यसमा भर पर्छ कति खाने भनर ।

यस्तै, सुगरका बिरामीले चिनी र चिनीबाट बनेका परिकार, आलुको अचार, बोसो भएको मासु, मह, केक, हर्लिक्स, आइसक्रिम, तेलमा तारेका खाना खानु हुँदैन । धूमपान र मद्यपान त गर्नै हुँदैन ।

बरु, थोरै मात्रामा चामल, गहुँ, मकै, फाफर, कोदो, जौ, चिउरा, गेडागुडी, फलफूल खानुपर्छ । मासु तथा अन्डा नियन्त्रित रूपमा खान सकिन्छ । सुगरका बिरामीले हरिया सागसब्जी, सलाद, काँक्रो, मूला, कुरिलो, पालुंगो, कागतीजस्ता खानेकुरामा जोड दिनुपर्छ ।

मुटुका बिरामीले पनि रातो मासु खानु हुन्न । मासु पकाउँदा एक त चिल्लो बढी प्रयोग गरिन्छ भने अर्कोतिर छाला तथा बोसोले कोलेस्टेरोल बढ्ने भएकाले मुटुको समस्या पनि बढ्ने हुन्छ ।

मासुका साथ भात तथा चिउरा बढी खाने, मदिरा सेवन गर्दा मधुमेह, रक्तचाप तथा मुटुका बिरामीलाई असर गर्छ । त्यसैले मुटुका बिरामीले रातो मासु र धूमपान तथा मदिरा सेवन गर्नु हुँदैन ।

बरु, केही टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानुपर्छ । जथाभावी खानपान, चिल्लो खाना, मद्यपान र धूमपानले मुटुको चाल अनियमित गर्ने भएकाले यस्ता चिजमा नियन्त्रण गर्नुपर्छ ।

चिकित्सकका अनुसार, मिर्गौलाका बिरामीले पनि सकेसम्म रातो मासु सेवन गर्नु हुन्न । डायलासिसमा नभएका बिरामीलाई तौलको हिसाबले कति प्रोटिन दिने भनेर तय गरिन्छ  । कुन–कुन स्रोतबाट प्रोटिन दिने भनेर हिसाब गरिन्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro