site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजा युद्धबारे छलफल गर्न हमास र फतहबीच भेटवार्ता

दोहा । हमासले बुधबार आफ्नो प्रतिद्वन्द्वी प्यालेस्टाइनी गुट फतहसँग गाजापट्टीमा वर्षौँ लामो युद्ध र राष्ट्रिय एकतातर्फको प्रयासबारे छलफल गर्न कायरोमा बैठक सुरु गरेको बताएको छ ।

“इजिप्टको राजधानी कायरोमा हमास र फतह आन्दोलनका प्रतिनिधिमण्डलबीच बैठक सुरु भएको छ,” हमासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दुवै समूहबीच गाजापट्टीमा आक्रामकताको अन्त्य, राजनीतिक र क्षेत्रीय घटनाक्रम तथा राष्ट्रिय प्रयास र श्रेणीहरूलाई एकताबद्ध गर्नेबारे छलफल गरिरहेको बताइएको छ ।

हमास र फतह दीर्घकालीन प्रतिद्वन्द्वी हुन् । उनीहरूले सन् २००७ मा छोटो तर रक्तपातपूर्ण युद्ध लडेका थिए ।

फतहले प्यालेस्टिनी प्राधिकरणमा प्रभुत्व जमाउन जारी राखेको छ, जसको इजरायलले कब्जा गरेको वेस्ट बैंकका सहरी क्षेत्रहरूमा सीमित प्रशासनिक नियन्त्रण छ ।

जुलाईमा हमासले राष्ट्रिय एकताका लागि सँगै काम गर्न फतहलगायत अन्य प्यालेस्टिनी सङ्गठनहरूसँग बेइजिङमा एउटा सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro