site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पृथ्वी राजमार्ग जोड्ने नियमित सडक हुन सक्छ ‘टोखा–छहरे–गल्छी खण्ड’
फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे खण्डको विकल्पमा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनले धादिङ र नुवाकोटका विभिन्न सडक प्रयोग गर्न थालेका छन् । खासगरी यही असोज दोस्रो साताको अविरल वर्षापछिको पहिरोबाट उक्त सडक झण्डै तीन दिन अवरुद्ध भएपछि स–साना सवारी साधनले वैकल्पिक मार्गका रूपमा सीतापाइला–धार्के र टोखा–छहरे–गल्छी सडकलाई प्रयोग गर्न थालेका हुन् ।

हिजोआज अधिकांश साना सवारीसाधन (हाइस, जीप, कार) सीतापाइला–धार्के तथा टोखा–छहरे–गल्छी हुँदै पृथ्वी राजमार्गमा निस्कने गरेका छन् । सीतापाइला–धार्के सडक कुल २४ किलोमिटर लम्बाइको छ । सीतापाइला–रामकोट–भीमढुंगा–महेशफाँट हुँदै धार्केमा पुगिन्छ ।

नागढुंगा–नौबिसे खण्डको विभिन्न स्थानमा सडक भत्केको तथा काठमाडौंबाट बाहिरिने सवारी साधनको चापका कारण अत्यधिक जाम हुन थालेपछि साना सवारी साधनले वैकल्पिक मार्गका रूपमा ती सडक प्रयोग गर्दै आएका छन् ।

Dabur Nepal
NIC Asia

नुवाकोट र रसुवालाई काठमाडौंसँग जोड्ने टोखा–छहरे सडक खण्डमा अहिले काठमाडौंबाट पश्चिमी नेपालतर्फ जाने सवारी साधनका कारण चाप निकै बढेको छ । सामान्य अवस्थामा दैनिक करिब चार सय सवारी साधन गुड्ने टोखा–छहरे खण्डमा अहिले दुई हजार गाडी गुड्ने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख आशुतोषबहादुर शाही काठमाडौं जाने यात्रुवाहक सवारीसाधनको सङ्ख्या दैनिक एक हजार हाराहारीमा भए पनि काठमाडौंबाट बाहिरिनेको संख्या असोज १३ गतेदेखि वृद्धि हुँदै गएको बताउँछन् ।

प्रहरी निरीक्षक शाहीकाअनुसार घटस्थापनापश्चात दैनिक एक हजार पाँच सय भन्दाबढी माइक्रोबस, मिनीबस तथा बस नुवाकोट हुँदै पृथ्वी राजमार्ग निस्किरहेका छन् । बुधबार मात्रै काठमाडौंबाट बाहिरिएका दुई हजार भन्दाबढी यात्रुवाहक सवारी नुवाकोट हुँदै पृथ्वी राजमार्ग प्रवेश गरेका छन् ।

दुईपाङ्ग्रे र निजी सवारी साधनको तथ्यांक जोड्ने हो भने सो खण्ड प्रयोग गर्नेको संख्या दैनिक पाँच हजार भन्दाबढी हुने प्रहरीको भनाइ छ । “टोखा–छहरे सडक हुँदै यसअघि नुवाकोट र रसुवासहित धादिङका केही भेकका यात्री आउजाउ गर्ने गरेकामा विपद्बाट नागढुंगा–नौबिसे सडकमा आएको अवरोध र उक्त सडकमा भइरहेका सवारीसाधनको जामको समस्याले अहिले धेरै यात्रुको रोजाइमा यो सडक परेको छ,” प्रहरी निरीक्षक शाहीले भने ।

नयाँ बसपार्कबाट ७३ किमीमा पुगिन्छ गल्छी
गोंगबुँस्थित नयाँ बसपार्कबाट झोर (काठमाडौं)– छहरे (नुवाकोट) र गल्छी (धादिङ) हुँदै पृथ्वी राजमार्गमा पुग्न सकिन्छ । नयाँ बसर्पाकबाट ७३ किमी दूरीमा गल्छी पुग्न सकिन्छ । दुई लेनको उक्त खण्डको पूरै भाग कालोपत्रे अवस्थामा छ । छोटो दूरी तथा कालोपत्र सडकका कारण यो खण्ड चालक र यात्रुको रोजाइमा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइराला बताउँछन् ।

नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा हालैको अविरल वर्षाबाट कुनै प्रभाव नपरेका कारण निरन्तर सञ्चालनमा भइरहेको यस सडक दुई लेनको कालोपत्रेसहित भएकाले यात्रीलाई आउजाउ गर्न निकै सहज रहेको बताउँछन् । दुई लेनको पक्की सडकका रूपमा रहेको यस खण्डलाई नागढुंगा–नौबिसे सडकको विकल्प नभई नियमित रूपमा चल्ने मार्ग बनाउन सकिने व्यवसायी सापकोटाको सुझाव छ ।

“यही सडकमा सुरुङ बनाई अन्तर्राष्ट्रिय राजमार्ग बनाउन सरकारबाट प्रारम्भिक अध्ययनको काम भइरहेको छ,” उनले भने, “राष्ट्रिय राजमार्गका रूपमा सञ्चालन गर्न हाल कायम रहेको सडक नै पर्याप्त भएकाले सामान्य स्तरोन्नति गर्न सकिए काठमाडौंलाई बाहिरी जिल्ला जोड्न पृथ्वी राजमार्गको विकल्प नभई नियमित सडक मार्गको रूपमा चलाउन सकिन्छ ।”

टोखा–छहरे सडकलाई वैकल्पिक मार्ग नभई नियमित सडकका रूपमा प्रयोगमा ल्याउन सरकारले सुरुङ मार्ग बनाउने प्रस्ताव अघि बढाएको हो । योजना पूरा हुन समय लाग्ने भएकाले विद्यमान सडकअन्तर्गत काठमाडौंको झोरदेखि नुवाकोटको थानापतीसम्म १४ किमी खण्डमा पर्ने घुम्तीको सुधार र साँघुरा सडकमा टेवा पर्खाल लगाउन सकेको अवस्थामा सो सडक निकै सहज हुनेछ ।

छहरेदेखि गंगटेसम्म मध्यपहाडी सडक पर्छ । गंगटेदेखि गल्छीसम्म ‘गल्छी–रसुवागढी’ अन्तर्राष्ट्रिय राजमार्गको ‘डेडिकेडेट डबल लेन’ को सडक भएकाले काठमाडौंबाट छहरे हुँदै गल्छीसम्म सवारी सञ्चालन सहज छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  २१:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro