site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिबाट हटेपछि ट्रम्प र पुटिनबीच सातपटक गोप्य फोन कल भएको खुलासा

काठमाडौं । ह्वाईट हाउसबाट बाहिरिएपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपतिसँग सातपटक फोनमा गोप्य कुराकानी गरेको खुलासा भएको छ । यसबाहेक कोभिड–१९ महामारीका दौरान पनि ट्रम्पले गोप्य रूपमा रुसमा परीक्षण मेसिनहरू पठाएको खुलासा भएको छ ।

वाटरगेट काण्डको खुलासा गर्ने पत्रकार बब वुडवर्डको नयाँ किताब ‘वार’ अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेन, इजारयली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानसँग पनि निराश भएको कुरा किताबमा उल्लेख छ ।

अर्को साता सार्वजनिक हुने वुडवर्डको उक्त किताब एसोसिएटेड प्रेसले आफूले फेला पारेको दाबी गरेको छ ।

तर, ट्रम्पले भने एबीसी समाचारलाई दिएको अन्तर्वार्तामा आफूले रुसी राष्ट्रपतिसँग कुराकानी नगरेको बताएका छन् । उनले किताबका लेखक वुडवर्डलाई सम्बोधन गर्दै भनेका छन्, “उनी नराम्रो कथाकार हुन् ।”

ट्रम्पले सन् २०२१ मा वुडवर्डसँग ‘रेज’ नामक किताबका शिलशिलामा कुराकानी गरेका थिए । तर, किताब प्रकाशित भएपछि उनले वुडवर्डविरुद्ध मुद्दा हालेका थिए । त्यतिखेर ट्रम्पले आफूले गरेको कुराकानी सार्वजनिक गर्ने अनुमति नदिएको दाबी गरेका थिए । तर, प्रकाशक र वुडवर्डले भने ट्रम्पको दाबी गलत भएको बताएका थिए ।

ट्रम्पका सहयोगीको हवाला दिँदै सन् २०२४ को सुरुआतमा ट्रम्पले सातपटक रुसी राष्ट्रपतिसँग फोनमा कुराकानी गरेको किताबमा उल्लेख गरिएको छ । ट्रम्प र पुटिनबीच फोनमा के कुराकानी भयो भन्ने कुरा किताबमा लेखिएको छैन ।

तर, ट्रम्पका मुख्य सल्लाहकार र लामो समयदेखि उनका सहयोगी रहेका जेसन मिलरले भने किताबका लेखक वुडवर्डलाई ट्रम्पले पुटिनसँग कुरकानी गरेको थाहा नभएको बताएका छन् ।

सन् २०१६ को राष्ट्रपति चुनावी अभियानदेखि नै पुटिनसँग ट्रम्पको सम्बन्ध रहेको दाबी गरिन्छ । उक्त चुनावमा रुसले ट्रम्पलाई सघाएको आरोप पनि लाग्दै आएको छ । पछिल्लो समय अमेरिकाले युक्रेनलाई रुसविरुद्ध लड्न गरिरहेको सहयोगको आलोचना गरिरहेका छन् । 

ट्रम्पले सन् २०२० मा कोभिड–१९ भाइरस फैलिएपछि व्यक्तिगत प्रयोगका लागि भनेर पुटिनलाई भाइरस परीक्षण मेसिन पठाएको कुरा पनि किताबमा लेखिएको छ । एसोसिएटेड प्रेसले नै सन् २०२२ को मे महिनामा ट्रम्प नेतृत्वको प्रशासनले रुसलाई कोभिड–१९ महामारीका दौरान भेन्टिलेटरसहितका सामग्री पठाएको समाचार प्रकाशित गरेको छ ।


 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro