site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
बुकिङ बढेपछि थपियो ‘१२ गाउँ’को शो 

काठमाडौं । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले चलचित्र ‘१२ गाउँ’को शो बढाएको छ । सोमबार शो बाँडफाँट गरेर बुकिङ ओपन गरेको क्फूएफएक्सले मंगलबार दिउँसो र साँझ दुई पटक ‘१२ गाउँ’को शो बढाएको हो । 

बुकिङ उच्च देर्खिपछि ‘१२ गाउँ’को शो थपिएको हो । 

सोमबार साँझ शो निकाल्दा ‘१२ गाउँ’ले काठमाडौं उपत्यकामा २२ र उपत्यका बाहिर ४६ शो पाएको थियो । तर, बुकिङ बढ्दै गएपछि क्यूएफएक्सले शो पनि बढाएको छ । 

Dabur Nepal
NIC Asia

क्यूएफएक्सले बुधबार बिहानसम्म काठमाडौं उपत्यकामा २२ बाट बढाएर शो २६ पुर्याएको छ । मंगलबार दिउँसो यो संख्या २५ थियो । 

काठमाडौं बाहिर पनि क्यूएफएक्सले शो थपेको छ । मंगलबार बिहानसम्म २४ शो रहेकोमा अहिले एक शो थपिएको छ । काठमाडौं बाहिर क्यूएफएक्सका नौवटा आउटलेटमा ‘१२ गाउँ’ले २५ शो पाएको छ ।

मंगलबार बिहान जम्मा ४६ शो रहेकाेमा बुधबार बिहानसम्म शो बढेर ५१ पुगेको छ । 

‘१२ गाउँ’ असोज २४ गते (भोलि)बाट रिलिज हुँदैछ । ‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका छन् । यो चलचित्रबाट समीर भट्टले डेब्यु गर्दैछन् । समीर बिराजका छोरा हुन् ।

भोलि नै ‘छक्का पञ्जा–५’ र ‘ज्वाइँ साब’ पनि रिलिज हुँदैछन् । ‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । यसमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । 

‘ज्वाइँ शाब’ वसन्त निरौलाले निर्देशन गरेको चलचित्र हो । यसमा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro