site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मानसिक रूपमा स्वस्थ रहन के गर्ने ?

काठमाडौं । चिकित्सकको परामर्श वा औषधोपचारमार्फत समाधान गर्नुपर्ने मात्र मानसिक समस्या हो भन्ने आमबुझाइ छ । व्यक्तिले मानसिक कारणले जीवनलाई आनन्दपूर्वक भोग्न नसक्नुलाई पनि मानसिक स्वास्थ्य समस्याका रूपमा विश्व स्वास्थ्य संगठनले व्याख्या गरेको छ ।

नेपालमा करिब २५ प्रतिशत जनसंख्या कुनै न कुनै रूपमा मानसिक हिसाबले अस्वस्थ रहेको मानसिक स्वास्थ्य विशेषज्ञ डा. विश्वबन्धु शर्मा बताउँछन् । पछिल्लो समय घरपरिवार र विद्यालयमा नै बालबालिकामैत्री व्यवहार नहुँदा किशोरावस्थामा यो समस्या झनै बढिरहेको उनको बुझाइ छ ।

मानसिक रूपमा स्वस्थ रहन खानपान, निन्द्रा र दैनिक क्रियाकलापमा विशेष ध्यान पुर्‍याउनुपर्ने डा. शर्मा बताउँछन् ।

खानपान 
मेन्टल हेल्थ साइन्सका अनुसार, मानिसलाई खुसी तथा आनन्दित बनाउन ‘सेरोटोनिन हर्मोन’को सिधा सम्बन्ध खानपानसँग हुन्छ । ९० प्रतिशत सेरोटोनिन पेट अर्थात् खानपानबाट उत्पादन हुने विभिन्न अध्ययनले देखाएका छन् ।

सादा खाना, मात्रा मिलाएर खानु र पेट खाली भएपछि मात्र खाने बानी गर्नाले शरीर, मस्तिष्कलाई हल्का र स्वस्थ राख्छ । डा. शर्माका अनुसार, कम प्रशोधित र प्राकृतिक खानाहरूको प्रयोगले दुवै स्वास्थ्यलाई फाइदा गर्छ ।

धेरै प्रशोधित तथा जंकफुडहरूमा पोषणको मात्रा अत्यन्तै न्यून पाइन्छ । सामान्य फलफूल, तरकारी, नट्स तथा बीउ प्रकारका खानाले मस्तिष्कलाई समेत फाइदा गर्छ ।

निद्रा 
निदाउनु शरीरलाई आराम हो भने मस्तिष्कलाई सम्पूर्ण क्रियाकलाप व्यवस्थापन गर्ने अवधि हो । डा. शर्माका अनुसार, शरीर निदाएको समयमा मस्तिष्कले आफूलाई ‘रिपेयर’ गरिरहेको हुन्छ । निन्द्राकै बेला तनाव कम गर्ने ‘एन्टी स्ट्रेस हर्मोन’हरू उत्पादन भइरहेका हुन्छन् ।

युवा उमेरमा दैनिक सातदेखि आठ घण्टा निदाउनुपर्छ । सुरुका केही घण्टा गहिरो निन्द्रा लिनुपर्छ । त्यसो हुँदा पछिल्ला प्रहरमा बेलाबेला ब्युँझिए पनि असर पर्दैन ।

एउटै समयमा सुत्ने र उड्ने बानीले मानसिक स्वास्थ्यमा फाइदा पुग्छ । सुत्नुअघि आफ्नो मनलाई प्रभाव पार्ने नकारात्मक कुराकानी गर्नु वा त्यस्ता भिडियोहरू हेर्नु वा पढ्नु हुँदैन ।

राति सुत्नुअघि खाने बानी पनि स्वस्थ निन्द्राको बाधक भएको डा. शर्मा बताउँछन् ।

दैनिक क्रियाकलाप 
चलिरहने अर्थात् मुभ गरिरहनु पनि मानसिक स्वास्थ्यका हिसाले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । शरीरमा जति कम ‘मोबिलिटी’ भयो त्यति मानसिक रूपमा फ्रेस रहन कठिन हुने उनी बताउँछन् ।

दैनिक व्यायाम र शारीरिक सक्रियताले मानसिक रूपमा पनि स्वस्थ रहन मद्दत गर्छ ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro