site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनजीओ र आईएनजीओले ६ वर्षमा नेपालमा खर्च गरे तीन खर्ब, कुन वर्ष कति ? 

काठमाडौं । गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले बितेको ६ वर्षमा नेपालमा करिब तीन खर्ब रुपैयाँ खर्च गरेको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको समाज कल्याण परिषद्को तथ्यांकानुसार, आर्थिक वर्ष २०७५/७६ देखि २०८०/८१ सम्मको अवधिमा नेपालमा उनीहरूले उक्त रकम खर्च गरेका हुन् ।

उक्त अवधिमा देशका ७७ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरी एनजीओ र आईएनजीओले दुई खर्ब ९६ अर्ब ८६ करोड ३० लाख १४ हजार २८८ रुपैयाँ खर्च गरेको देखिन्छ ।

परिषद्को तथ्यांकानुसार, पछिल्लो ६ वर्षमा नेपालमा एनजीओले एक खर्ब ५५ अर्ब ६७ करोड ४७ लाख पाँच हजार ३४२ रुपैयाँ खर्च गरेका छन् । सोही समयमा आईएनजीओले एक खर्ब ४१ अर्ब १८ करोड ८३ लाख आठ हजार ९४६ रुपैयाँ खर्च गरेको देखिन्छ ।

Dabur Nepal
NIC Asia

बितेको ६ वर्षमा आईएनजीओको तुलनामा एनजीओले नेपालमा १४ अर्ब ४८ करोड ६३ लाख ९६ हजार ३९६ रुपैयाँ बढी खर्च गरेको परिषद्को तथ्यांकले देखाउँछ ।

नेपालमा एनजीओले आर्थिक वर्ष २०७५/७६ मा १६ अर्ब ६१ करोड ४८ लाख ८५ हजार २२१, २०७६/७७ मा १७ अर्ब ८६ करोड ४३ लाख ८१ हजार ५६२, २०७७/७८ मा १४ अर्ब ६२ करोड ६२ लाख ७१ हजार २६५ रुपैयाँ खर्च गरेका थिए ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ३९ अर्ब ८० करोड १९ लाख ३२ हजार २१८, २०७९/८० मा ३१ अर्ब ४९ करोड ८४ लाख २३ हजार ४७९ र २०८०/८१ मा ३५ अर्ब २६ करोड ८८ लाख ११ हजार ५९७ रुपैयाँ नेपालमा एनजीओले खर्च गरेको देखिन्छ । 

आईएनजीओले भने पछिल्ला वर्षहरूमा नेपालमा आफ्नो खर्च कटौती गर्दै लगेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ देखि आईएनजीओले नेपालमा आफ्नो खर्च घटाउँदै लगेका हुन् ।

परिषद्का अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा सञ्चालित आईएनजीओले २१ अर्ब ५८ करोड १८ लाख ५३ हजार ६०६ रुपैयाँ खर्च गरेका थिए ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा आईएनजीओले नेपालमा विभिन्न कार्यक्रम सञ्चालन गर्न ३० अर्ब ४८ करोड ९१ लाख ३५ हजार ७८५ रुपैयाँ खर्च गरेका थिए ।

पछिल्लो ६ वर्षमा आईएनजीओले सबैभन्दा बढी खर्च आर्थिक वर्ष २०७८/७९ मा गरेका थिए । उक्त वर्ष आईएनजीओहरूले ३९ अर्ब ८० करोड १९ लाख ३२ हजार २१८ रुपैयाँ खर्च गरेको तथ्यांकले देखाउँछ ।

परिषदको तथ्यांकानुसार, आर्थिक वर्ष २०७५/७६ मा २५ अर्ब २७ करोड २५ लाख ३१ हजार ५१७, २०७६/७७ मा १८ अर्ब ९३ करोड २२ लाख सात हजार ४१६ रुपैयाँ नेपालमा आईएनजीओले खर्च गरेका थिए । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा आईएनजीओको खर्च पाँच अर्ब ११ करोड ६ लाख ४८ हजार ४०४ रुपैयाँ थियो ।

नेपालमा सञ्चालित एनजीओ तथा आईएनजीओले आफ्नो बजेट तथा कार्यक्रम समाज कल्याण परिषद्बाट स्वीकृत गराएपछि मात्र खर्च गर्न पाउँछन् । हाल परिषद्मा १३५ आईएनजीओ र ५७ हजार एनजीओ दर्ता छन् ।

०३४ असोज ६ गते ‘सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्’का रूपमा स्थापित गैरसरकारी संघसंस्थाको नियमनकारी संस्था ०४९ सालमा ‘समाज कल्याण ऐन, २०४९’ जारी भएपछि नाम परिवर्तन गरेर समाज कल्याण परिषद् राखिएको थियो ।

परिषद् स्थापना भएपश्चात् एनजीओको संख्या तीव्र गतिमा बढ्दै आएको छ । दर्ता भएका सबै एनजीओ सञ्चालनमा भने छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro