site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु
SkywellSkywell

काठमाडौं । अवरुद्ध रहेको कान्तिलोकपथ मार्ग सुचारु भएको छ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध भएको थियो ।
 
“बाढी तथा पहिरोले मकवानपुरको भीमफेदी, ८ महादेवटार र ललितपुरको वाग्मती गाउँपालिका २ वगुवास्थित वाग्मती खोलामा रहेको पुलको केही भाग बगाएपछि अवरुद्ध भएको कान्तिलोकपथमा मार्ग असोज २१ गते राति साढे १० बजेबाट सवारी आवागमन सुचारु भएको छ,” नेपाली सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

लोकपथ मार्गमा सवारी आवागमन सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा काम गरेको थियो । 

KFC Island Ad
NIC Asia

मार्ग सुचारु गर्न २ स्थानमा करिब ८०० मिटरको बाँध निर्माण गरी वाग्मती नदी डाइभर्सन गरिएको सेनाले जनाएको छ । ३२० मिटर लम्बाइको नयाँ ट्रयाक समेत निर्माण गरिएको छ । 

वाग्मती नदीमा ४० मिटर लम्बाइको ‘र्‍याम्प’ निर्माण गरी पुलसम्म सडक जोडिएको सेनाले जनाएको छ । सेनाका अनुसार वाग्मती नदीमा ह्युम पाइप राखेर अस्थायी सडक बनाइएको छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro