site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुलीमा देखिएको उँट सर्लाहीमा पालिएको : डुलाउँदै पैसा माग्दै

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा भेटिएको उँट सर्लाहीमा पालिएको भएको खुलेको छ । सर्लाहीको भरतताल क्षेत्रमा मेलामा देखाउनका निम्त पालिएको उँट सिन्धुलीको सिमानामा पुगेको डिभिजन वन कार्यालय, मरिणका अधिकृत अजयविक्रम मानन्धरले जानकारी दिए ।

“अहिले मेलाका लागि मान्छेलाई देखाउन भनेर उँट पालेका छन् । त्यही उँट चराउने वा अरू कुनै कारणले सिन्धुली ल्याइएको हो,” उनले बाह्रखरीसित भने ।

सर्लाहीमा पालिएको उँट त्यस क्षेत्रमा हुने विभिन्न मेलामा देखाउन लैजाने गरिएको उनले जानकारी दिए । “चार महिनाअगाडि मात्र त्यो उँट नारायणगढ पुर्‍याएका थिए – मेलामा रमिता देखाउन,” डिभिजन वन अधिकृत मानन्धरले भने, “उँट देखाएर मान्छेहरू यतातिर पैसा माग्छन् ।”

पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीले पनि भरततालमा पर्यटकलाई देखाउन उँट राखिएको बताए । उनले भने, “भरततालमा उँट राखेका छन्, पर्यटकलाई देखाएर पैसा माग्छन् ।”

त्यही उँट गाउँबस्ती डुलाउँदै पैसा माग्ने गरिएको उनले सुनाए । “अचेल यतातिर उँट डोर्‍याउँदै गाउँबस्तीमा पैसा माग्दै हिँड्ने चलन छ । यतातिर यस्ता दुई/तीनवटा उँट छन्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro