अर्थ व्यवसाय

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरोपीडितलाई राहत सामग्री वितरण गरेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएकाले बैंकले पीडितलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको हो ।
बैंकले पनौती नगरपालिका–११ सँग सहकार्य गर्दै त्यस वडाभित्रका ३७३ बाढीपहिरो प्रभावित घरधुरीलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दैनिक उपभोग्य सामग्री वितरण गरिएको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १३:२५
प्रतिक्रिया दिनुहोस्