site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै माधव नेपाललाई नेताहरूले बुझाए पत्र
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरूले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाएका छन् । सोमबार नेताहरू विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, बलराम बास्कोटा लगायतका नेताहरूले अध्यक्ष नेपाललाई पत्र बुझाएका हुन् ।  

पार्टीको आन्तरिक एकता सुदृढ गर्न, महाधिवेशनको म्यान्डेटभन्दा बाहिर गएर भएका कामको खारेजीको माग गरिएको एक नेताले जानकारी दिए ।

"कम्युनिस्ट पार्टीमा नेतृत्व निर्माण निश्चित विधि–पद्धति, मूल्यांकन र योजनाका आधारमा गरिन्छ, गरिनुपर्दछ । नेतृत्व चयन एक ज्यादै गम्भीर प्रक्रिया हो । यस्तो विषयमा जेसुकै होस् भन्ने हिसाबले काम गर्दा ठिक परिणाम निस्कँदैन । अहिले त्यही भएको छ," अध्यक्षलाई बुझाइएको पत्रमा भनिएको छ ।

१०औँ महाधिवेशनको समग्र प्रक्रियामा विधि–पद्धतिको गम्भीर उल्लंघन भएको दाबी नेताहरूको छ । "केन्द्रीय परिषद्को बैठक र त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट समेत पारित विधानको भावनाविपरीत मनपरी गरिएको छ," पत्रमा भनिएको छ, "यसले गर्दा स्थानीय कार्यकर्ताहरूले पार्टी छोडिरहेका र केहीले योजनाबद्ध रूपमा पार्टी विभाजनको प्रयास गरिरहेका छन् । पार्टीको आन्तरिक एकतामा खलल हुने कुनै काम नहोस् भनेर सतर्क हुनुपर्छ ।"

नेताहरूले महाधिवेशनको म्यान्डेटविपरीत गरिएका सबै काम कारबाही खारेजको माग गरेका छन् । महाधिवेशनको गम्भीर समीक्षा गरी आन्तरिक एकताको पहल गर्न नेताहरूले आग्रह गरेका छन् ।

"हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) स्थापनादेखि दशौँ महाधिवेशनसम्मका समग्र प्रक्रियाका साथै पार्टीभित्र उत्पन्न परिस्थितिको बारेमा गम्भीर समीक्षा गरी निष्कर्ष निकाली पार्टीको आन्तरिक एकता जोगाउँदै पार्टीको विकास र विस्तार गर्ने बाटो पहिल्याउनका लागि तत्काल केन्द्रीय कमिटीको बैठक बोलाइयोस्," नेताहरूको माग छ ।

महाधिवेशनबाट अध्यक्ष, महासचिव सर्वसम्मत चयन गरेर पदाधिकारी र पोलिट्ब्युरोका लागि निर्वाचन गरिएकोमा नेताहरू असन्तुष्ट छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro