site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
अख्तियारमा स्थानीय सरकारविरुद्ध सबैभन्दा धेरै उजुरी, कुन क्षेत्रका कति ?
SkywellSkywell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी संघीय मामिलाअन्तर्गत स्थानीय तहसँग सम्बन्धित परेका छन् । आयोगका ०८०/८१ को प्रतिवेदनमा स्थानीय तह समेत गरी यो क्षेत्रसँग सम्बन्धित १० हजार ६१५ उजुरी परेको उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षबाट तीन हजार ४६५ उजुरी सरेका छन् । त्यो समेत गर्दा संघीय मामिला क्षेत्रको १४ हजार ८० उजुरी रहेका छन् । यो क्षेत्रमा ३८.९१ प्रतिशत उजुरी रहेको आयोगको तथ्यांकले देखाएको छ ।

त्यस्तै, शिक्षा क्षेत्र (स्थानीय तह समेत) सँग सम्बन्धित चार हजार ५४३ उजुरी दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षबाट सरेको उजुरीसहित कुल पाँच हजार ७१२ उजुरी छ ।

KFC Island Ad
NIC Asia

भूमि प्रशासनका दुई हजार ३४७ उजुरी आयोगमा दर्ता भएको छ । गत आर्थिक वर्षबाट यस क्षेत्रसँग सम्बन्धित एक हजार १६९ उजुरी जिम्मेवारीबाट सरेको छ ।  

त्यस्तै, वन तथा वातावरण क्षेत्रका एक हजार ७१ उजुरी ०८०/८१ मा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षका ३११ उजुरी जिम्मेवारीबाट सरेको थियो ।

०८०/८१ मा स्वास्थ्य तथा जनसंख्या क्षेत्रसँग सम्बन्धित एक हजार ११७, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ८५२ उजुरी दर्ता गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षबाट स्वास्थ्यका २१६ र भौतिकका ४५४ उजुरी सरेको आयोगले जनाएको छ ।

त्यस्तै, गृह प्रशासनका एक हजार १७७, अर्थको ६६८ उजुरी परेको छ । अघिल्लो आर्थिक वर्षबाट गृह प्रशासनका ९८ र अर्थका १०४ उजुरी जिम्मेवारीबाट सारिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइसँग सम्बन्धित ४९१, खानेपानीसँग सम्बन्धित ३९५ उजुरी दर्ता भएको देखिन्छ । ऊर्जाका २६९ र खानेपानीका १८८ उजुरी अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सारिएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष ०८०/८१ मा गैरकानुनी सम्पति आर्जनसँग सम्बन्धित एक हजार ९४९ उजुरी आयोगमा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षबाट ५७६ उजुरी जिम्मेवारी सर्दा कुल दुई हजार ५२५ उजुरी रहेका छन् ।

त्यसैगरी, नक्कली शैक्षिक प्रमाणपत्रका ५२३ उजुरी दर्ता गरिएको आयोगले जनाएको छ । अघिल्लो आर्थिक वर्षबाट एक हजार १८२ उजुरी जिम्मेवारी सर्दा कुल एक हजार ७०५ उजुरी छन् ।

अन्य क्षेत्रका एक हजार ७३० उजुरी परेका छन् । अघिल्लो आ.वबाट ६७६ उजुरी जिम्मेवारी सर्दा दुई हजार ४०६ उजुरी अन्य क्षेत्रतर्फका छन् ।

यसरी हेर्दा क्षेत्रगत उजुरी ०८०/८१ मा २६ हजार ९१८ दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट ९ हजार २६८ उजुरी जिम्मेवारी सारिएको थियो । यसरी हेर्दा कुल ३६ हजार १८६ उजुरी आयोगमा छ ।

आयोगका अनुसार, पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी उजुरी संघीय मामिला, शिक्षा र भूमि–प्रशासनका छन् । प्रत्येक आर्थिक वर्षमा संघीय मामिला पहिलो, शिक्षा दोस्रो र भूमि प्रशासन उजुरी बढी पर्नेमा तेस्रो रहेको प्रतिवेदनमा उल्लेख छ ।

ujuri-1728305989.JPG
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro