site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी’
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ । महिलामा विभिन्न मनोसामाजिक कारणले मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनले देखाएको परोपकार प्रसूति तथा स्त्रीरोग अतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।

गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपीडी) सेवा र नवजात शिशुमा हुन सक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा उनले गर्भधारण गरेका र सुत्केरी महिलामा मानसिक तनाव, उदासीनताजस्ता समस्याको जोखिम अझ बढी हुने उल्लेख गरे । उनका अनुसार, विकसित देशहरूमा करिब १० प्रतिशत सुत्केरी महिलामा मानसिक समस्या देखिने गरेको छ ।

Dabur Nepal
NIC Asia

नेपालजस्ता न्युन आय भएका देशहरूमा २० प्रतिशत महिलामा गर्भवती, सुत्केरी अवस्थामा मानसिक समस्या हुने अध्ययनले देखाएको निर्देशक डा. अधिकारीले बताए । सुत्केरीपश्चात् एक वर्षभित्र ज्यान गुमाउने महिलामध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको उनले जानकारी गराए ।

उनले नेपालमा प्रजनन उमेरका महिलाको मृत्युको मुख्य कारणमध्ये आत्महत्या रहेको अध्ययनमा देखिएको सुनाए । गर्भवती, सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याले महिलाको मात्र नभएर बच्चाको शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकास र गुणस्तरीय जीवनयापनमा नकारात्मक असर गर्ने डा. अधिकारीले बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro