site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनानबाट २१५ चिनियाँ नागरिकको उद्धार 
तस्बिर : सिन्ह्वा ।

बेइजिङ । इजरायलले गएको महिनादेखि लेबनानमा तीव्र गोलाबारी गरेपछि चीनले आफ्ना २१५ नागरिकको उद्धार गरेको छ ।

लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा शनिबारसम्म एक हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको छ । यसै साता इजरायलले इरान समर्थित हिजबुल्लाहको पकड रहेको दक्षिणी लेबनानको केही भागमा आफ्नो सेनाले ‘स्थलगत आक्रमण’ गरेको जनाएको थियो ।

इजरायलले हालै लेबनानसँगको आफ्नो उत्तरी सीमाको सुरक्षामा ध्यान केन्द्रित गरेको छ । यहाँ हिजबुल्लाहले आफ्नो प्यालेस्टाइनी सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेयता दैनिकजसो भिडन्त हुने गरेको छ ।

Dabur Nepal
NIC Asia

रुस, फ्रान्स, स्पेन, जर्मनी, बेलायतलगायत विभिन्न देशले पनि लेबनानबाट आफ्ना नागरिक फिर्ता गर्ने अभियान सुरु गरेका छन् ।

बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीन सरकारको संगठन र व्यवस्थाअन्तर्गत लेबनानबाट हालसम्म दुई समूहमा २१५ चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको छ ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “लेबनानस्थित चिनियाँ दूतावासले लेबनानमा आफ्नो उद्धार अभियान जारी राखेको छ र त्यहाँ रहेका चिनियाँ नागरिकलाई सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ ।”

उद्धार गरिएका चिनियाँ नागरिकलाई कहाँ लगिएको भन्ने बारे मन्त्रालयले केही जानकारी गराएको छैन ।

लेबनानी अधिकारीहरूका अनुसार, सेप्टेम्बर २३ पछि इजरायली बमबारीमा वृद्धि भएयता लेबनानमा एक हजार ११० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । १० लाखभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेपछि चीनले बुधबार विश्वशक्ति राष्ट्रहरूसँग द्वन्द्वलाई थप अगाडि बढ्न नदिन पहल गर्न आग्रह गरेको थियो । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro