site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली सेनालाई पछि हट्न बाध्य पारियो : हिजबुल्लाह
तस्बिर : रोयटर्स ।

बेरुत (लेबनान) । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमाक्षेत्रमा जारी झडप सक्रिय रहेको शनिबार जनाएको छ । इजरायली सैनिकले अदासेह गाउँछेउछाउतर्फ अघि बढ्ने प्रयास जारी राखेको र हिजबुल्लाह लडाकुले त्यसको सामना गर्दा झडप भएको विज्ञप्तिमा उल्लेख छ ।

निरन्तरको झडपपछि हिजबुल्लाह लडाकुले इजरायली सेनालाई त्यस क्षेत्रबाट पछि हट्न बाध्य पारेको विज्ञप्तिमा जनाइएको छ ।

इरान समर्थित लेबनानी समूहले दक्षिण लेबनानको यारुनमा ‘साल्वो रकेट’ साथै सीमापार क्षेत्रमा रहेका सैनिकलाई लक्षित गरी आक्रमाण गरेको जनाएको छ ।

हिजबुल्लाह र इजरायलले लामो समयदेखि दैनिक सीमापार गोलाबारी गर्दै आएका छन् ।

विस्थापितको उचित व्यवस्थापनका निम्ति इजरायलको उत्तरी क्षेत्रलाई सुरक्षित बनाउने प्रयासमा हिजबुल्लाहलाई लक्षित गरिरहेको भन्दै इजरायलले बमबारीलाई तीव्र बनाएको छ । इजरायलले यसै साता आफ्नो सेनाले दक्षिणी लेबनानका केही भागमा भूमि आक्रमण सुरु गरेको घोषणा समेत गरेको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro