site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साइकल यात्रु साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार

विराटनगर । एकीकृत भन्सार जाँच चौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकल यात्री श्याम साहको उपचारका क्रममा निधन भएपछि क्षतिपूर्तिको माग गर्दै आफन्त विरोधमा उत्रिएका छन् ।

ना ४ ख २४८३ नं को ट्रकले हिजो साँझ ठक्कर दिँदा घाइते भएका साइकल यात्री साहको उपचारका क्रममा आज बिहान मृत्युपछि क्षतिपूर्तिको मागसहित आफन्त विरोधमा उत्रिएका हुन् ।
 
विरोधका क्रममा भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro