site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीपहिरोका कारण रोगको प्रकोप फैलिन सक्छ, सतर्कता अपनाउनू : स्वास्थ्य मन्त्रालय 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी पहिरोपछि विभिन्न रोग फैलिनसक्ने भन्दै सतर्कताका निम्ति सबैमा आग्रह गरेको छ । मन्त्रालयले खानेपानीका स्रोतहरू प्रदूषित भएकाले त्यसबाट पानीजन्य रोग फैलिनसक्ने भन्दै यस्तो आग्रह गरेको हो ।
 
यही अवस्थामा किटजन्य, छालाजन्य, श्वासप्रस्वासजन्य तथा मानसिक समस्या पनि देखिनसक्ने भन्दै रोकथामका निम्ति सरोकारवालाहरूलाई सजग गराएको छ । 

जनस्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न स्थानीय तह र जिल्लास्तरमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
 
हालसम्म बाढी प्रभावित २१ जिल्लामा ५६२ जना अस्पताल भर्ना भएको, १०८ जनाले शल्यक्रियासहितको सेवा लिएको मन्त्रालयको तथ्यांक छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro