site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद् र चाडपर्वले हवाई चाप बढ्यो : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विपद् र चाडपर्व एकैपटक परेका कारण हवाई चाप बढेको बताएका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विपद्सँगै चाडपर्व पनि परेका कारण हवाई चाप बढेको बताए ।

“विपद् र चाडपर्वहरूसँगै आएका कारण हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भन्ने विषयमा हामी निरन्तर काम गरिरहेका छौँ,” उनले भने ।

उनले पर्यटन मन्त्रालय सम्बद्ध संस्कृति, पर्यटन र हवाई नीतिहरू परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीति बनाएर सुदृढीकरण गर्ने बताए । मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ, संस्थाहरूले सत्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro