site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘डाँफेज्’ र ‘गैँडाज्’लाई स्थापितको प्रयास गर्नुपर्छ : पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले डाँफे र गैँडालाई अंग्रेजी भाषामा नेपाली नामबाटै उच्चारण गरेको विषय स्थापित गर्ने प्रयास गर्नुपर्ने बताएका छन् । हालै अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले ‘डाँफेज्’ र ‘गैँडाज्’ उच्चारण गरेका थिए ।

त्यसबारे देशभित्र विभिन्न टीकाटिप्पणी भइरहेको छ । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत पोखरेलले प्रधानमन्त्रीको उक्त उच्चारण उचित भएको पनि बताएका छन् ।

Argakhachi Cement Island Ad

“अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले अंग्रेजी भाषणमा डाँफेज् र गैँडाज् शब्द प्रयोग गर्नुभएको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ । त्यस विषयमा सामाजिक सञ्जालमा एकप्रकारको बहस समेत चलाउने प्रयास भइरहेको छ,” पोखरेलले फेसबुकमा लेखेका छन्, “तर, प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैँडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्नु उचित हुने विषय उठाउनुभएको थियो । उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शब्दलाई सोही परिप्रेक्षमा बुझ्नुपर्दछ ।”

पोखरेलले ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नभएको टिप्पणी पनि गरेका छन् ।

“यद्यपि, उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर, ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन । विश्वज्ञान सिद्धान्तको विकासमा एसियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्दछ,” उनले भनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्