site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किंदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्किने भएकी छन् । एसिया कोअपरेसन डायलग (एसीडी)को तेस्रो सम्मेलनका लागि कतारको दोहामा रहेकी उनी आज स्वदेश फर्किन लागेकी हुन् ।

उनले क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसीडीको तेस्रो सम्मेलनमा सहभागिता जनाइन् ।

परराष्ट्रमन्त्री राणा भदौ ३१ गते क्यानडा प्रस्थान गरेकी थिइन् ।

यसअघि बिहीबार उनले दोहामा ‘साइडलाइन’का क्रममा परराष्ट्रमन्त्री राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सम्मेलनलाई सम्बोधनपछि मन्त्री राणाले बिहीबार किर्गिज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यानमारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यू थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गरेकी थिइन् ।

त्यसैगरी, मन्त्री राणासँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारसम्बन्धी राज्यमन्त्री थानी अहमद अल जियोदीले पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro