site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री राणा क्यानडा प्रस्थान, उतैबाट अमेरिका जाने
SkywellSkywell

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा प्रस्थान गरेकी छन् । क्यानडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाई गरे ।

Dabur Nepal
NIC Asia

क्यानडा र जमैकाद्वारा आयोजित बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभगी हुने कार्यक्रम छ ।

बैठकमा परराष्ट्रमन्त्री राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरूमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

बैठकपछि मन्त्री राणा अमेरिका प्रस्थान गर्ने छिन् । उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुने छिन् ।

महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदै छ ।

मन्त्री राणा अमेरिकाबाट कतारको दोहा प्रस्थान गर्नेछिन् ।  उनी दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजित एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने कार्यक्रम छ । सम्मेलनलाई परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्नेछिन् ।

मन्त्री राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्किने कार्यक्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu