site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एकैसाथ हिजबुल्लाह, हमास, हुथी विद्रोही, सिरिया र इरानसँग लडिरहेको इजरायल

काठमाडौं । इजरायलले एकैसाथ लेबनानमा हिजबुल्लाह, गाजामा हमास, यमनमा हुथी विद्रोहीबाहेक सिरिया र इरानको सामना गरिरहेको छ । न्युयोर्क टाइम्सले सन् १९६७ को अरब–इजरायल वारयताकै सबैभन्दा ठूलो युद्ध सुरु भएको जनाएको छ ।

गत वर्ष अक्टोर ७ मा हमासले गरेको आक्रमणको जवाफी कारबाहीमा उत्रिएको इजरायलले अहिले विभिन्न समूहको सामना गरिरहेको छ ।

इजरायल र हमासबीच युद्ध सुरु भएको एक वर्ष पुग्नै लाग्दा मध्यपूर्वको युद्ध अझ झाँगिएको छ मध्यपूर्वका प्रमुख शक्तिहरू नै युद्धमा हुमिएपछि विश्वव्यापीरूपमा चिन्ता बढिरहेको छ ।

पछिल्लोपटक अक्टोबर १ मा इरानले इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्वको युद्धले नयाँ रूप लिने निश्चित छ । पश्चिमा देशहरूको साथ पाएको इजरायलले पछिल्लो समय लेबनानको हिजबुल्लाहसँग लडिरहेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले भनेका छन्– हामीमाथि जसले आक्रमण गर्छ, हामी उनीहरूमाथि आक्रमण गर्छौं ।

अर्कोतर्फ अमेरिकाले इरानले गरेको आक्रमणको भर्त्सना गरेको छ । ह्वाइट हाउसले इरानले 'कठिन परिस्थितिको सामना गर्नुपर्ने' चेतावनी दिएको छ ।

गत वर्षको अक्टोबर ७ यताको निरन्तरको आक्रमणका कारण गाजामा ४१ हजार ७८८ जनाको ज्यान गइसकेको छ । यस्तै, ९६,७९४ जना घाइते भएका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा झन्डै १२ सय जनाको ज्यान गएको थियो भने अन्य २०० जनालाई बन्दी बनाइएको थियो ।

हमासमाथिको आक्रमणको निरन्तर विरोध गर्दै आएका देश र समूहले अहिले इजरायलसँग युद्ध लडिरहेका छन् । पछिल्लोपटक इजरायलले लेबनानको हिजबुल्लालाई लक्षित गरेर आक्रमण थालेपछि इरान पनि युद्धमा उत्रिएको छ । अक्टोबर १ मा इरानले इजरायलमा एकैपटक २०० वटा मिसाइल खसाएको थियो ।

पछिल्लो समय इजरायली सेनाले लेबनानको राजधानी बेरुतको अन्तर्राष्ट्रिय विमानस्थलबाहिर ठूलो विस्फोट गराएको छ । लक्ष्य स्पष्ट नभए पनि विस्फोट गराइएको क्षेत्र हिजबुल्लाहको गढ मानिने दाहिहेको सिमाना रहेको बीबीसीले जनाएको छ ।

लेबनानी सेनाका अनुसार, देशको दक्षिणी क्षेत्रमा इजरायली सेनाले हिजबुल्लाहविरुद्ध आक्रमण जारी राखेको छ । आक्रमणका क्रममा लेबनानी सेनाका दुई जनाको ज्यान गएको छ । इजरायली सेनाले दक्षिणी लेबनानका २० सहर र गाउँहरू खाली गर्न निर्देशन दिएको छ ।

यस्तै, इजरायली वायुसेनाले हिजबुल्लाहको गुप्तचर मुख्यालय, हतियार उत्पादन साइट, हतियार भण्डारण क्षेत्रमा  हवाई आक्रमण गरेको छ ।

स्थानीय अधिकारीहरूका अनुसार, दुई हप्ताको अवधिमा इजरायलको आक्रमणमा लेबनानमा १,३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ  । दश लाख भन्दा बढी विस्थापित भएका छन् । 

सेप्टेम्बर २७ मा इजरायलले राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा ८० टन बमले आक्रमण गरेको थियो । जसमा हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएका थिए । यस हमलामा नसरल्लाहबाहेक उनकी छोरी जैनबको पनि मृत्यु भएको थियो ।

यसअघि, इजरायलले हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहका ज्वाइँ हसन जाफर अल कासिरलाई मारेको दाबी गरेको छ । समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै इजरायली सेनाले बुधबार सिरियाको राजधानी दमास्कसमा हवाई आक्रमण गरेको थियो जसमा उनको मृत्यु भएको थियो । उनीसँगै थप दुई जनाको मृत्यु भएको छ ।

बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro