site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साउदी गेम्स–२०२४ : खेलकुदको कमजोर इतिहासलाई जित्ने लक्ष्य

रियाद । रातको ९ बजे । थरिथरि रंगका बत्तीले आकाश चम्किरहेको दृष्य निकै परबाटसमेत देख्न सकिन्थ्यो । समारोहको परिदृष्य खिच्न आकाशमा दुई ड्रोन तैनाथ थिए ।

प्रहरीको एक टुकडीले आफ्नो कौशल देखाउँदै थियो । एक उँटको साथ एक व्यक्ति मञ्चअघि आए । उनको पछाडि एकजना आफ्नो मौलिक परम्परा झल्काउने आभूषणसहित बसिरहेका थिए । समय समयमा आकाशमा चम्किला अतिसबाजी हुँदै थियो । मञ्च पछाडिका स्क्रिनमा देशको खेलकुद इतिहास देखाइँदै थियो ।

बिहीबार राति मन नै रोमाञ्चित बनाउने दृष्य हो, साउदी गेम्स–२०२४ उद्घाटन समारोहको । यी र यस्तै दृष्य साउदी गेम्स तेस्रो संस्करणको उद्घाटन समारोहको करिब एक घण्टासम्म देखियो ।

Dabur Nepal

Saudi-1728000017.jpg
“यस कार्यक्रमले साउदीले खेलकुदमा विशेष ध्यान दिइरहेको देखाउँछ । राज्यले भावी पुस्ताका लागि उत्कृष्ट खेलकुद वातावरण निमार्ण गर्न लगानी बढाइरहेको छ । यो सम्पूर्ण साउदीवासीका लागि गर्वको कुरा हो,” उद्घाटन समारोहमा उपस्थित एकजना स्थानीयले राज्यले खेलकुदमा बढाइरहेको लगानीप्रति सन्तुष्टि पोखे ।

प्रतियोगिताको उद्घाटन समारोहमा साउदीका राजकुमार, खेलकुदमन्त्री र राष्ट्रिय ओलम्पिक तथा पारालिम्पिक कमिटिका समेत अध्यक्ष रहेका अब्दुलाजिज बिन तुर्की अल फैसलले गरे ।

“साउदी गेम्सको तेस्रो संस्करणको आयोजना हुनुले बुद्धिमानी नेतृत्वको चासो र अनुगमन भएको प्रस्ट देखाउँछ,” फैसलले भने ।

विश्व खेलकुदको मानचित्रमा साउदीको इतिहास त्यति बलियो देखिँदैन । सन् १९७२ यता ओलम्पिकमा सहभागिता जनाइरहेको भए पनि साउदीले हालसम्म स्वर्ण पदक जित्न सकेको छैन । विश्व खेलकुदमा रहेको यही कमजोर उपस्थितिलाई चिर्न पछिल्लो समय साउदी अरेबियाले यसमा लगानी बढाइरहेकोमा दुईमत छैन । त्यसैको एक उदाहरणमा पर्दछ, साउदी गेम्स ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको रूपमा रहेको यस प्रतियोगितामा ५३ खेलहरूमा प्रतिस्पर्धा भइरहेको छ । जसमा पाँच पारा खेलुकदसमेत समावेश छन् । प्रतियोगितामा प्रतिस्पर्धा बुधबारदेखि नै सुरु भए पनि यसको आधिकारिक उद्घाटन भने बिहीबार बलेबाद चिटीस्थित ओलम्पिक कमिटी परिसरमा भव्यरूपमा भएको हो ।

Sauddi-1728000017.jpg
पछिल्लो समय विश्व खेलकुदमा घरेलु फुटबलबाट चर्चा कमाइरहेको साउदी देशको अर्थतन्त्र कच्चा तेलको उत्पादनबाट अन्य क्षेत्रमा विविधीकरण गर्न चाहन्छ । यसका लागि साउदीले सन् २०१६ को अप्रिलमा साउदी भिजन–२०३० को आधिकारिक सुरुआत गरेको थियो । 

यसको मुख्य उद्देश्य एक फलिफापपूर्ण अर्थतन्त्र, जीवन्त समाज र साउदीलाई महत्त्वाकांक्षी राष्ट्रको रूपमा परिचित गराउनु हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro