site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एभरेस्ट महिला भलिबल : शीर्ष दुईमा काठमाडौंको सम्भावना बलियो 

काठमाडौं । काठमाडौं स्पाइकर्सले जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लूभीएल)मा तेस्रो जित निकाल्दै शीर्ष दुईको सम्भावना बलियो बनाउँदा मधेस युनाइटेड भने खराब प्रदर्शनसहित बाहिरिने पक्का भएको छ ।

बिहीबार लिगमा आफ्नो चौथो खेल खेलेका काठमाडौं स्पाइकर्सले मधेस युनाइटेडमाथि ३–१ को जित निकाल्दै अंकतालिकामा शीर्ष दुईको सम्भावना बलियो बनाएको हो । 

यता, मधेस भने लगातार चौथो हारसँगै बाहिरिने पक्का भएको छ । सेटमा अग्रता जोगाउन नसक्दा मधेसले हार व्यहोरेको हो । पहिलो सेट मधेसले २५–१५ ले सहजै आफ्नो बनाउँदै काठमाडौंविरुद्ध राम्रो सुरुआत ग¥यो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट काठमाडौं स्पाइकर्सले मधेस युनाइटेडलाई २५–२३ ले आफ्नो पक्षमा पार्दै बराबरीमा ल्यायो ।

तर, त्यसपछि भने मधेसले लय जारी राख्न सकेन । तेस्रो सेट मधेसले २५–१५ ले सहजै गुमाएपछि काठमाडौं स्पाइकर्सले अग्रता लियो । चोथो सेटमा पनि मधेस लय फर्कन सकेन । यसको फाइदा लिँदै काठमाडौंले २५–१८ ले सहजै आफ्नो बनायो । यससँगै काठमाडौं स्पाइकर्सले उत्कृष्ट पुनरागमन गर्दै जारी लिगमा तेस्रो जित आत्मसात गरेको हो । काठमाडौं स्पाइकर्स चार खेलबाट ९ अंक बटुल्दै लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । भ्याली डर्बीमा काठमाडौंले ललितपुर क्विन्ससँग खराब हार व्यहोर्दै लिगको सुरुआत गरेको थियो ।

तर, काठमाडौं स्पाइकरले त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौं स्पाइकर्स तीनै खेलमा सोझो सेटमै जित निकाल्दै लयमा फर्कियो । यता निरुता ठगुन्नाको कप्तानीमा रहेको मधेस चारै खेलमा सोझो सेटमै नतिजा सुम्पिँदा अझै अंकविहीन छ । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro