site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाँचतारे होटल अन्नपूर्णले गर्‍यो आईटीसीसँग व्यवस्थापन सम्झौता

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णले स्क्वायरले भारतको प्रख्यात लक्जरी हस्पिटालिटी आईटीसी होटेल्ससँग व्यवस्थापन सम्झौता गरेको छ । यससँगै अहिले सञ्चालनमै रहेको ठाउँमा पुनर्निर्माण र थप सुविधा थप्दै आईटीसी होटेल्सले ‘वेलकमहोटेल’ ब्रान्ड अन्तर्गत पाँचतारे होटल अन्नपूर्णको व्यवस्थान गर्ने भएको हो ।

bhatbhateni-hotel-(11)-1727959930.jpeg
 

कम्पनीले नेपालको हस्पिटालिटी क्षेत्रमा यो एक नयाँ महत्वपूर्ण फड्को भएको जनाएको छ ।  काठमाडौंमा भएको हस्ताक्षर समारोहमा आईटीसी होटेल्सले विश्व स्तरको व्यवस्थापन, दिगोपन र वर्षाैंको अनुभवसहित नयाँ पाँचतारे होटेल सञ्चालन गर्ने बताएको छ ।

अन्नपूर्ण स्क्वायरले नयाँ लक्जरी हस्पिटालिटीसँगै परम्परागत हेरिटेजलाई कायम राख्ने बताएको छ ।  आईटीसी होटेल्सका लागि नेपालमा यो दोस्रो अन्तर्राष्ट्रिय परियोजना हुने भएको छ ।  यसअघि उपत्यकाको भक्तपुरमा कम्पनीले फच्र्युन रिसोर्ट एन्ड वेलनेस स्पा सञ्चालनमा ल्याएको छ । गत अप्रिलमा यसले श्रीलंकामा आईटीसी रत्नदिपा सञ्चालनमा ल्याएको थियो ।

अन्नपूर्ण स्क्वायरका अध्यक्ष मीनबहादुर गुरुङले पुनर्निर्माणको क्रममा रहेको होटल २०८५ वैशाख १ गते सञ्चालनमा आउने बताए । आईटीसी होटलका प्रमुख कार्यकारी अनिल चड्डाले सम्झौता एतिहासिक भएको बताए ।

यस्तो हुनेछ नयाँ होटल 

यसमा ३१८ वटा कोठा र ३० सर्भिस विभाग रहने बताइएको छ ।  चार कन्फरेन्स हल, सपिङ, मनोरञ्जनलगायतसुविधा रहनेछ । आईटीसी होटेल्सले दैनिक व्यवस्थापनको काम गर्नेछ । सन् २०२८ को अप्रिल सम्ममा फाइभ–स्टार स्तरको सेवासहित होटेल सञ्चालनमा आउने गरी सम्झौता भएको छ ।

bhatbhateni-hotel-(19)-1727959931.jpeg
 

दीर्घकालीनरुपमा होटेलमा वातावरणमैत्री तथा उर्जामैत्री प्रविधि प्रयोग गरिने बताइएको छ ।  सम्झौता समारोहमा अध्यक्ष गुरुङले यो सम्झौता नेपालको पर्यटन उद्योगमा कोसेढुंगा भएको बताए ।

उनले भने,“यो सहकार्य नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण कोसेढुंगा हो । आईटीसीको दक्षताले होटेल अन्नपूर्णलाई असामान्य ल्यान्डमार्क बनाउने आकांक्षासँग मेल खाएको छ । यस सहकार्यबाट हामीले काठमाडौंमा विश्वस्तरको लक्जरी हस्पिटालिटी दिँदै, यस क्षेत्रमा नयाँ मापदण्ड सेट गरी विश्वभरका पर्यटकलाई तान्न सफल हुनेछौं ।”
 

bhatbhateni-hotel-(4)-1727959928.jpeg

bhatbhateni-hotel-(3)-1727959928.jpeg

bhatbhateni-hotel-(1)-1727959928.jpeg

bhatbhateni-hotel-(2)-1727959928.jpeg

bhatbhateni-hotel-(6)-1727959929.jpeg

bhatbhateni-hotel-(7)-1727959929.jpeg

bhatbhateni-hotel-(8)-1727959929.jpeg

bhatbhateni-hotel-(9)-1727959929.jpeg

bhatbhateni-hotel-(13)-1727959930.jpeg

bhatbhateni-hotel-(12)-1727959930.jpeg

bhatbhateni-hotel-(11)-1727959930.jpeg

bhatbhateni-hotel-(10)-1727959930.jpeg

bhatbhateni-hotel-(19)-1727959931.jpeg

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro