site stats
बाह्रखरी :: Baahrakhari
देश
छविलाल जोशीलाई थुन्ने वा छाड्ने विषयमा विवेक प्रयोग गर्न प्रहरीलाई सर्वोच्चको ध्यानाकर्षण

काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । जोशीको तर्फबाट अधिवक्ता रोचक जोशीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटलाई सर्वोच्चले खारेज गरिदिएको हो ।

Argakhachi Cement Island Ad

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल खजीज मुसलमानको संयुक्त इजलासले भनेको छ, "निवेदकलाई गैरकानुनीरूपमा थुनामा राखिएको भन्न मिल्ने नदेखिँदा मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न मिलेन ।"

तर, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ (१) अनुसार, अनुसन्धान अधिकारीले हिरासतमा रहेको व्यक्तिबाट धरौटी वा जमानत लिएर तारिखमा राख्न सक्ने व्यवस्था रहेकाले सो व्यवस्थाको प्रयोगतर्फ ध्यानाकर्षणका लागि विपक्षी जिल्ला प्रहरी कार्यालय कास्कीको नाममा लेखी पठाई नियमानुसार गर्न अदालतको आदेश छ ।

जोशी पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका हुन् । उनी हाल कास्की प्रहरी हिरासतमा छन् ।

Surya-Darshan-(2)-1727881619.jpg

Surya-Darshan-(1)-1727881619.jpg

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्