site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एभरेस्ट महिला भलिबल : कर्णाली एसभीएस तेस्रो खेलमा पनि अपराजित 

काठमाडौं । कर्णाली एसभीएसले ललितपुर क्विन्सको अपराजित यात्रा कायम गर्दै जारी एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा जारी तेस्रो दिनको पहिलो खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

ललितपुरलाई कर्णालीले खेलको पहिलो सेट र दोस्रो सेट समान अंक २५–२२, २५–२२ ले स्तब्ध गर्‍यो । 

त्यसैगरी तेस्रो सेटको सुरुआतमा भने ललितपुर क्विन्सले निकै राम्रो सुरुआत गर्दै १–९ अंकको लिड लिएको थियो । 

तेस्रो सेट जित्न कर्णालीलाई २९ अंकसम्म पुग्नु पर्‍यो । तेस्रो सेट कर्णालीले २७–२९ ले जित्यो ।

ललितपुरलाई हराएको कर्णाली जारी महिला भलिबल लिगको अंक तालिकामा आठ अंकका साथ  शीर्ष स्थानमा उक्लिएको छ । भने ललितपुर ६ अंकका साथ दोस्रो स्थानमा छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro