site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भोलि र पर्सि कोसी र वाग्मतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभाव भोलिदेखि नेपालमा देखिने भएको छ । भोलि (बुधबार)देखि पर्सि (बिहीबार) रातिसम्म उक्त प्रणालीको प्रभाव रहने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, बुधबार दिउँसो कोसी प्रदेशका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

Dabur Nepal
NIC Asia

बुधबार राति कोसी प्रदेशका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोसी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

पर्सी बिहीबार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेर बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै, कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले सजग रहन आग्रह गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro