site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यसप्रकारको परिस्थिति आउला भन्ने अनुमान थिएन : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोले यस्तो परिस्थिति आउला भन्ने अनुमान नगरिएको बताएका छन् । 

सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वतयारी पहिले जसरी नै गरिएको सुनाए । “यसप्रकार परिस्थिति आउला, यस प्रकारको भौतिक, मानवीय क्षति होला भन्ने अनुमान थिएन । प्राकृतिक विपत्तिका लागि पूर्वतयारी यसअघिकै थियो । विपत्ति कत्रो आउँछ भन्न सकिन्नँ,” ओलीले भने । 

विपत्तिले राजनीतिक रंग र पेसा नछुट्याउने उनको भनाइ छ । “विपत्तिले राजनीतिक रंग, पेसा छुट्याएर मर्का पारेको हुँदैन । यो साझा कुरा हो । कमीकमजोरी कहीँ छन्, देखाउन सकिन्छ । सरकारले राम्रो काम गरेको होलान् । चार हजारभन्दा बढी मानिसलाई त सरकारले बचाएको छ,” उनले भने । 

विपद् राज्यको मात्रै विषय नभएको भनाइ उनको छ । ओलीले केही ठाउँमा ढिला भएको हुनसक्ने भन्दै जानीजानी लापरबाही नभएको विश्वास व्यक्त गरे । भूकम्प, कोभिडबाट भएको क्षतिबाट माथि उठेजसरी अहिले पनि माथि उठ्नुपर्ने बताए । संरचनाका कारण पनि समस्या रहेको भनाइ ओलीको छ । उनले एमाले पार्टी कार्यालय च्यासलको पुलबाट पानी नै बग्न नपाएकाले पनि समस्या गराएको बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro